Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
१३ वटा कार्यसूची तय

प्रतिनिधि सभाबाट 'सहकारी (पहिलो संशोधन) विधेयक, २०८३' पारित गर्ने कार्यसूची

प्रतिनिधि सभाबाट 'सहकारी (पहिलो संशोधन) विधेयक, २०८३' पारित गर्ने कार्यसूची

काठमाडौं । संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ। संघीय संसद सचिवालयका अनुसार आज बिहान ११ बजे प्रतिनिधि सभा र दिउँसो सवा १ बजे राष्ट्रिय सभा बैठक बस्ने छ।

प्रतिनिधि सभा बैठकका लागि १३ वटा कार्यसूची तय भएको छ। सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, सार्वजनिक खरिद विधेयक, सम्पत्ति शुद्धिकरण (मनि लन्डरिङ) निवारण विधेयक, सहकारी विधेयक  र स्वास्थ्य विज्ञन प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित गर्ने कार्यसूची छ।  

त्यस्तै दिउँसो सवा १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयको विनियोजन शिर्षकहरूमाथि समूहीकृत रुपमा छलफल हुनेछ।

जसमा युवा, श्रम तथा रोजगार मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको छलफल हुनेछ।

m0jf8cjgnqbxkenu_page-0001.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार