Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

सहकारी विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा

सहकारी विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा

काठमाडौं । राष्ट्रियसभाले सहकारी (पहिलो संशोधन) विधेयक २०८३' सहित ४ वटा विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । आजकाे बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ४ वटा विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको हो ।

आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक २०८३ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव गर्नुभयाे ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक २०८३ लाई दफावार छलफलका लागि समितिमा पठाउन प्रस्ताव गर्नुभयाे ।

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) विधेयक २०८३' लाई दफावार छलफलका लागि समितिमा पठाउन प्रस्ताव गर्नुभयाे ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८३ लाई दफावार छलफलका लागि समितिमा पठाउन प्रस्ताव गर्नुभयाे ।

अब, समितिमा विधेयकका सैद्धान्तिक पक्षमा छलफल हुनेछ । विधेयक प्रस्तुत गर्ने मन्त्रीले विधेयकको उद्देश्य र आवश्यकता स्पष्ट पारेसँगै सांसदहरूले विधेयकमा दर्ता गराएका संशोधन प्रस्तावहरूमाथि समितिमा विस्तृत छलफल हुने कानुनी प्रक्रिया छ । यस्तै, संशोधनकर्ता सांसदहरूलाई समितिमा बोलाएर उनीहरूको भनाइ समेत राख्न लगाइन्छ भने आवश्यकता अनुसार विधेयक जटिल वा धेरै विवादित विषयको भएमा समितिले उपसमिति समेत गठन गर्न सक्नेछ ।

उपसमितिले तोकिएको समयभित्र दफावार छलफल गरी प्रतिवेदन तयार पारेर विधेयकको प्रकृति हेरी विज्ञ, नागरिक समाज र सरोकारवाला निकायलाई छलफलमा बोलाइनेछ । उनीहरुको सुझाव र पृष्ठपोषण लिएर दफावार छलफल र परिमार्जनसमितिले विधेयकको प्रत्येक दफा, उपदफा र अनुसूचीमाथि विस्तृत रूपमा छलफल गरेर बहुमतका आधारमा आवश्यक परिमार्जन, थपघट वा संशोधन स्वीकार गरिन्छ। त्यसपछि  प्रतिवेदन लेखन र पारितदफावार छलफल सकिएपछि परिमार्जित व्यवस्था सहितको समितिको प्रतिवेदन तयार पारिन्छ।उक्त प्रतिवेदनलाई समितिले बहुमत वा सर्वसम्मतिका आधारमा पारित गर्दछ । समितिका सभापतिले परिमार्जित विधेयक र समितिको प्रतिवेदन सम्बन्धित सभाको बैठकमा पेस गरेपछि मात्र विधेयक पुनः सदनको प्रक्रियामा अगाडि बढ्दछ।

राष्ट्रियसभाको अर्काे बैठक यही असार २५ गते दिउँसो १२ः१५ बजे बस्नेछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार