Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
पूर्वाधार विकास समिति

स्वच्छ र गुणस्तरीय खानेपानीको सहज आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

स्वच्छ र गुणस्तरीय खानेपानीको सहज आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

काठमाडौं । संघीय संसदअन्तर्गतको पूर्वाधार विकास समितिले मुलुकभरका नागरिकलाई स्वच्छ र गुणस्तरीय खानेपानीको सहज आपूर्ति सुनिश्चित गर्न सरकारलाई १५ दिनभित्र स्पष्ट कार्ययोजनासहितको विवरण पेश गर्न निर्देशन दिएको छ।

बुधबार बसेको समितिको बैठकमा सभापति आशिष गजुरेलले सम्बन्धित मन्त्रालय तथा निकायलाई आगामी १५ दिनभित्र समयसीमासहित स्पष्ट कार्ययोजना पेश गर्न निर्देशन दिनुभएको हो।

बैठकमा सभापति गजुरेलले ७७ वटै जिल्लाका करिब तीन करोड नागरिकलाई पर्याप्त र स्वच्छ खानेपानीको व्यवस्था कहिलेसम्म सुनिश्चित हुन्छ भन्ने विषयमा ठोस जवाफ माग गर्नुभयो। उहाँले काठमाडौं उपत्यकालगायत देशभर खानेपानीको समस्या दिनप्रतिदिन गम्भीर बन्दै गएको उल्लेख गर्दै स्वच्छ खानेपानी उपलब्ध गराउनु राज्यको प्राथमिक दायित्व भएको बताउनुभयो।

समितिले सम्बन्धित आयोजनाका प्रमुखहरूसँग समन्वय गरी चाँडै स्थलगत अनुगमन गर्ने तयारीसमेत गरेको छ। यसका लागि सरोकारवाला निकायसँग प्राथमिकता र योजनासम्बन्धी विवरण माग गर्ने निर्णय पनि गरिएको छ।

बैठकमा सडक सुरक्षा विधेयक तथा विपद्का समयमा यातायात प्रणाली सञ्चालन गर्ने विषयमा पनि छलफल भएको थियो। 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार