Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
मन्त्रिपरिषद् बैठकको निर्णय

मुख्य सचिवमा गोविन्दबहादुर कार्की नियुक्त

मुख्य सचिवमा गोविन्दबहादुर कार्की नियुक्त

काठमाडौं । नेपाल सरकारको मुख्य सचिवमा गोविन्दबहादुर कार्की नियुक्त हुनुभएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कार्कीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी गराउनुभयो ।

२०८१ भदौ २० गते सचिवमा बढुवा हुनुभएका कार्की त्यसको २२ महिनामै मुख्य सचिव नियुक्त हुनुभएको हो । यही शुक्रबारदेखि मुख्य सचिव पद रिक्त हुँदै थियो ।  सरकारले दुई दिनअघि नै कार्कीलाई नियुक्ति गरेको हो । हालका मुख्यसचिव सुमनराज अर्याल यही असार २६ गतेदेखि उमेरहदका कारण अवकाश प्राप्त हुँदै हुनुहुन्छ । मुख्यसचिवको कार्यकाल तीन वर्षको हुने व्यवस्था छ।त्यस्तै, सरकारले काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा सुरज शाक्य, काठमाडौंलाई नियुक्त गरेको छ।

त्यस्तै, गेटा अस्पताल कैलालीलाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गरेको छ। मन्त्री पोखरेलले सरकारले विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली २०८३, स्वीकृत गरेको बताउनुभयो ।

नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ असार २४ गतेको मुख्य निर्णयको सूची:

१ काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा श्री सुरज शाक्य, काठमाडौंलाई नियुक्त गर्ने ।
२ गेटा अस्पताल, कैलालीलाई शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गर्ने ।
३ विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३ स्वीकृत गर्ने ।
४ शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३ स्वीकृत गर्ने
५ कारागार नियमावली,२०८३ स्वीकृत गर्ने ।
६ मानव अधिकारसम्बन्धी छैटौं राष्ट्रिय कार्ययोजना (२०८३/०८४–२०८७/८८) स्वीकृत गर्ने ।
७ भ्रष्टाचार विरूद्धको दोस्रो राष्ट्रिय रणनीतिक योजना (२०८२/८३–२०८७/८८) स्वीकृत गर्ने ।
८ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव श्री गोविन्द बहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्ति गर्ने ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार