काठमाडौं । सहकारी अभियन्ता दीपकप्रकाश बास्कोटा संवैधानिक राजसंस्था र सनातन हिन्दुराष्ट्रको पक्षमा उभिनुभएको छ । नेपाली कांग्रेसका नेता शंकर भण्डारी नेतृत्वको सनातन हिन्दुराष्ट्र स्थापना महाअभियानसँग जोडिएर बास्कोटाले आफूलाई संवैधानिक राजसंस्था र सनातन हिन्दुराष्ट्रको पक्षमा खुल्नुभएको हो ।
महाअभियानले आज शुक्रबार आयोजना गरेको प्रेस सम्मेलनमा राष्ट्रिय सहकारी महासंघका संस्थापक अध्यक्ष बास्कोटा सहभागी भई ऐक्यबद्धता जारी गर्नुभएको हो । उक्त महाभियानले राजनीतिक ‘रोडम्याप करेक्सन’ गर्न र देशमा संवैधानिक राजसंस्था तथा वैदिक सनातन हिन्दुराष्ट्र पुनःस्थापनाका लागि पार्टीलाई आह्वान गरेको हो। नेपाल महर्षि वैदिक फाउन्डेशनका अध्यक्ष बास्कोटाका गतिविधि त्यही दिशामा परिलक्षित हुँदै आएका छन् । पूर्व गृह राज्यमन्त्री एवम् उद्यमी रहनुभएका उहाँ वैदिक ज्ञान प्रवर्धक पनि हुनुहुन्छ । राष्ट्रिय सहकारी विकास बोर्ड र राष्ट्रिय सहकारी संघका संस्थापक अध्यक्ष थापा विगतमा सहकारी ऐन २०४८ निर्माणमा पनि सक्रिय हुनुहुन्थ्यो ।
यसैबीच, बास्कोटा सहभागी महाभियानले आज जारी गरेको प्रेस वक्तव्यमा कांग्रेसको वर्तमान नेतृत्वको अकर्मण्यता, १२ बुँदे समझदारी यताको सत्ताकेन्द्रित सम्झौताको राजनीति र मौलिक सिद्धान्तविपरीतका कार्यका कारण पार्टी इतिहासकै कठिन मोड र विभाजनको डिलमा पुगेको दाबी गरिएको छ ।
महाभियानमार्फत राष्ट्रिय स्वाधीनता र स्थायित्वका लागि सम्पूर्ण राजनीतिक दलहरूलाई दलीय स्वार्थभन्दा माथि उठेर ‘राष्ट्र बचाऔँ, धर्म जोगाऔँ’ भन्ने सङ्कल्पका साथ संवैधानिक राजसंस्था पुनःस्थापनाका लागि एकजुट हुन आह्वान गरिएको छ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com