काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का प्रमुख कार्यकारी अधिकृत (सिईओ) डा.शिवजी सापकोटाले चन्द्रागिरि साकोसले विश्व ऋण परिषद् (ओकू) बाट डिजिटल ग्रोथ अवार्ड प्राप्त गरेको क्षण नेपालको साकोस अभियानको लागि सबैभन्दा गौरवमय पल भएको बताउनुभएको छ ।
हिजो काठमाडौंमा आयोजित सेलेब्रेशन कार्यक्रममा उहाँले भन्नुभयो, ‘विश्व ऋण परिषद्बाट यो वर्ष पुरस्कार प्राप्त गर्नेहरुमध्ये पहिलो नम्बरमा चन्द्रागिरिको नाम आएपछि गौरव महसूश हुनेनै भयो ।’ विश्वभरका बचत ऋण सहकारीहरुमा नेपालको संस्थाले डिजिटल ग्रोथ अवार्ड पायो भन्ने विषयले गौरव बढाएको उहाँले बताउनुभयो ।
बचत ऋण सहकारीहरुका लागि सिद्धान्त प्रतिपादन गर्ने मुहान (ओकू) बाट नै चन्द्रागिरि साकोसको डिजिटल रुपान्तरणले वित्तीय पहुँचलाई बढावा दिएको छ भन्ने लाग्नु महत्वपूर्ण उपलब्धि भएको नेफ्स्कून सिईओ डा.सापकोटाको भनाइ थियो । ओकूले पठाएको कुराहरु नेफ्स्कूनले रिभ्यू गरेर पुनः चन्द्रागिरिका सिईओ कृष्णकुमार श्रेष्ठलाई सुझावहरु सहित पठाउँदा उहाँले भोलिपल्टै भिडियो सम्पादन र संशोधन गरी पठाएको बताउँदै डा.सापकोटाले भन्नुभयो, ‘यसले पनि कृष्ण सरको डेडिकेशन देखाउँछ, उहाँमा एउटा सपना रहेछ यो अवार्ड जित्न पाए त भन्ने पुष्टि गर्दछ । क्विक्लिी रेस्पोन्स गरिदिएको हुनाले हामीले औपचारिक रुपमा त्यसलाई अघि बढायौं ।’
चन्द्रागिरिको डिजिटल यात्रालाई संक्षिप्तमा देखाउने करिब २ मिनेटको भिडियो विश्व ऋण परिषद्को कार्यक्रममा पनि देखाइएको नेफ्स्कून सिईओले जानकारी गराउनुभयो ।उहाँले थप्नुभयो, ‘गौरवमय क्षणमा छौं हामी । सेलेब्रेशनको मुडमा छौं हामी । नेपालमै गएर एक हप्ताभित्रै यो खुसी सेलेब्रेट गरौं भन्ने नेफ्स्कूनको सल्लाहका साथ आज चन्द्रागिरिले कार्यक्रम आयोजना गरेको छ ।'
अन्तर्राष्ट्रिय क्रेडिट युनियन सम्मेलन २०२६ को अवसरमा अष्ट्रेलियाको सिड्नीमा जुलाई २१ मा आयोजित ओकूको वार्षिक साधारण सभाका क्रममा चन्द्रागिरि साकोसलाई डिजिटल ग्रोथ अवार्ड २०२६ वाट पुरस्कृत गरिएको थियो । प्रविधिको प्रभावकारी उपयोग, डिजिटल वित्तीय समावेशीकरण एवम् बिस्तार तथा नविन डिजिटल सेवाहरुको विकासमा संस्थाले पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै ओकूले चन्द्रागिरि साकोसलाई उक्त सम्मान प्रदान गरेको थियो । ओकूबाट नेपाली बचत तथा ऋण सहकारी अभियानले प्राप्त गरेको यो नै पहिलो सम्मान हो ।
चन्द्रागिरिलाई च्यालेन्ज पनि
यसैबीच, नेफ्स्कून सिईओले पुरस्कारले चन्द्रागिरि साकोसको गरिमासँगै च्यालेन्ज पनि बढाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘चन्द्रागिरिलाई च्यालेन्ज पनि देख्छु म । बेस्टसँगै टेक्नोलोजीमा पनि अवार्डेड भएको हुनाले सबैभन्दा ठूलो च्यालेन्ज चन्द्रागिरिलाई देख्छु । वर्ल्डको बेस्ट टेक्नोलोजीमा । अब चाहिँ टेक्नोलोजीलाई कसरी अघि बढाउनुपर्छ, अब पछिल्ला टेक्नोलोजीहरु कुन लेबलमा उठ्नुपर्छ, यी धेरै कुराहरुमा च्यालेन्ज थपिएको छ । शिखरमा पुगिसकेपछि त्यही अडिन र अझैं अघि बढ्न चुनौतीहरु रहिरहन्छन् । त्यो कुरा चन्द्रागिरिले अलिकति विचार गर्नुपर्यो ।’
उहाँले प्रविधि महंगो हुने भएकाले अफोर्डेबल टेक्नोलोजी विद् सिमिलर फेसिलिटी उपलब्ध गराउन कठिन रहेको बताउनुभयो । ‘त्यसलाई यहाँहरुले ब्यालेन्स गरेर नै राख्नुभएको छ होला,’ सिईओ डा.सापकोटाले भन्नुभयो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com