Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

जनउत्थान साकोसको मुनाफा ११.८० करोड, १० प्रतिशत शेयर लाभांश प्रस्ताव

जनउत्थान साकोसको मुनाफा ११.८० करोड, १० प्रतिशत शेयर लाभांश प्रस्ताव

काठमाडौं । रुपन्देहीस्थित जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा उल्लेख्य वित्तीय प्रदर्शन गर्दै ११ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। सोही सबल वित्तीय अवस्थाकै कारण संस्थाले आफ्ना सदस्यलाई १० प्रतिशत शेयर लाभांश वितरणको प्रस्तावसमेत गरेको छ।

संस्थाको कुल सम्पत्ति ४ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ। बचत संकलन ३ अर्ब ९८ करोड २२ लाख रुपैयाँ र ऋण लगानी ३ अर्ब ६३ करोड ७८ लाख रुपैयाँ रहेको छ। शेयर पूँजी ३१ करोड २२ लाख रुपैयाँ पुगेको संस्थाले २६.८० प्रतिशत तरलता कायम राखेको छ।

संस्थाको जगेडा कोष ४० करोड ७२ लाख रुपैयाँ र कर्जा जोखिम कोष ११ करोड १३ लाख रुपैयाँ पुगेको छ। यी सूचकहरूले संस्थाले सम्भावित वित्तीय जोखिम व्यवस्थापनमा पनि पर्याप्त तयारी गरेको देखाउँछन्। हाल संस्थामा ४४ हजार ३७० सदस्य आबद्ध छन् भने ११ हजार ४७० सदस्यले ऋण सुविधा उपयोग गरिरहेका छन्।

जनउत्थानले वित्तीय कारोबारसँगै सामाजिक उत्तरदायित्वलाई पनि संस्थागत संस्कृतिको रूपमा अघि बढाएको छ। संस्थाले ३३९ गर्भवती सदस्य भेटघाट, ३८८ सुत्केरी भेटघाट, ३० चेलीबिदाइ तथा नयाँ बुहारी स्वागत, १७ प्राणघातक रोगीलाई सहयोग, ५ प्राकृतिक विपद् राहत तथा १२४ सदस्यको परिवारलाई मरण राहत उपलब्ध गराइएको संस्थाले जनाएको छ।

वित्तीय क्षेत्रमा बढ्दो अनिश्चितता र सहकारीप्रतिको घट्दो विश्वासका बीच जनउत्थानको वित्तीय उपलब्धिले सुशासन, विवेकपूर्ण लगानी र सदस्यप्रति उत्तरदायी व्यवस्थापन अपनाउने सहकारी संस्थाले अझै पनि दिगो विकास र सदस्यको विश्वास दुवै कायम राख्न सक्ने सन्देश दिएको छ।

संस्थाले आगामी असोज १० गते आयोजना हुने २१औँ वार्षिक साधारणसभाबाट १० प्रतिशत शेयर लाभांशसहित आर्थिक वर्ष २०८२/८३ का वित्तीय प्रतिवेदन तथा आगामी वर्षको नीति तथा कार्यक्रम अनुमोदन गर्ने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार