काठमाडौं । विश्व स्तनपान सप्ताह २०२६ को अवसरमा कागेश्वरी मनोहरा नगर अस्पतालले आज एक सचेतना कार्यक्रम आयोजना गरेको छ । विश्व स्तनपान सप्ताह यो वर्ष साउन १६ गतेदेखि २२ गतेसम्म परेको थियो । उक्त सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन आज नगर अस्पतालले विशेषत आमाहरु (केही बाबुहरुसमेतको सहभागिता) लाई लक्षित गरी स्तनपानका फाइदा, स्तनपानका तरिका र स्तनपानसम्बन्धी भ्रमहरु चिर्ने कोशिस गरेको छ ।
साउन २२ गते खोप कार्यक्रमसँग मिल्ने गरी स्तनपानसम्बन्धी सचेतना कार्यक्रम समेत आयोजना गरिएको अस्पतालकी व्यवस्थापक प्रज्ञा पाण्डेले धिप्री डटकमलाई जानकारी गराउनुभयो । उहाँले प्रारम्भिक चरण (शिशु जन्मिएको एक घन्टाभित्र दुध खुवाईहाल्नुपर्ने अवस्था) तथा पूर्ण स्तनपान चरण (शिशुलाई छ महिनासम्म स्तनपान मात्र गराउनुपर्ने अवस्था) का बारेमा सहभागी आमाबुबाहरुलाई बताउँदै स्तनपानको विकल्प अरु नभएको बताउनुभयो ।
उहाँले सन् १९९२ सालबाट साताव्यापी कार्यक्रम आयोजना गरी विश्व स्तनपान सप्ताह मनाउन प्रारम्भ भएको इतिहास कोट्याउँदै हाल विश्वका १ सय २० भन्दा बढी मुलुकमा स्तनपान सप्ताह मनाउने गरिदै आएको र यो बाँकी मुलुकमा पनि फैलदै गएको बताउनुभयो ।
नयाँ आमाहरुलाई स्तनपानको महत्व थप उजागर गर्ने शिशुको स्वास्थ्य सुधार गर्ने हेतुले कार्यक्रम गरिएको पाण्डेले बताउनुभयो । नेपालमा पनि हरेक अस्पतालले खोप सेशन सञ्चालनसँगै स्तनपान सप्ताह पनि मनाउने गरेको बताउँदै कागेश्वरी मनोहरा नगर अस्पतालले पनि कार्यक्रम आयोजना गरेको उहाँले जानकारी गराउनुभयो ।
कार्यक्रममा स्तनपानका अनुभवी कर्मचारीहरुले स्तनपानको तरिका, महत्व आदिबारे जानकारी गराउनुभएको थियो भने स्तनापनको महत्व बुझाउने गीत पनि प्रस्तुत गरिएको थियो । कार्यक्रममा स्तनापनसम्बन्धमा सहभागी आमाहरुले राख्नुभएको जिज्ञासाहरुको पनि सम्बोधन गरिएको थियो ।
आमाहरु दिगो जीवनको स्वस्थ्य सुरुवात प्रभावकारी स्तनपानका लागि सबैको साथ भन्ने नारा सहित यो वर्ष पनि स्तनपान सप्ताह विश्वका अन्य मुलुकहरुसँगै नेपालमा पनि मनाइएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com