Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

नेपालमा तीन देशका १० हजारभन्दा बढी शरणार्थी

नेपालमा तीन देशका १० हजारभन्दा बढी शरणार्थी

काठमाडौं । नेपालमा तीन देशका १० हजारभन्दा बढी शरणार्थी रहेको नेपाल प्रहरीले जनाएको छ।  प्रहरीका अनुसार, भुटानी, तिब्बती र रोहिंगा शरणार्थी रहेका छन्। सबैभन्दा बढी ६ हजार २७२ भुटानी शरणार्थी रहेको प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी गराउनुभयो ।

त्यस्तै, तिब्बती शरणार्थी तीन हजार ५२७ जना छन् भने रोहिंगा शरणार्थी ५२७ जना रहेको प्रवक्ता काफ्लेले बताउनुभयो । नेपालमा रहेका रोहिंगा शरणार्थीमध्ये ३६४ महिला र १६२ पुरुष तथा २१६ बालबालिका छन्।

प्रहरीका अनुसार, रोहिंगा शरणार्थी काठमाडौँको कपन, लसुनटार, राम मन्दिर, लुभु र सुनकोठीमा बस्दै आएका छन्। 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार