Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

आज काठमाडौँका ७ स्थानबाट ग्यास बिक्री गर्दै आयल निमग

आज काठमाडौँका ७ स्थानबाट ग्यास बिक्री गर्दै आयल निमग

काठमाडौं । नेपाल आयल निगमले आज आइतबार काठमाडौँका ७ स्थानबाट एलपी ग्यास बिक्री–वितरण गर्ने भएको छ। निगमले एलपी ग्यासको आयात नियमित रूपमा भइरहेको दाबी गर्दै बिक्री–वितरणलाई सहज बनाउन सम्बन्धित व्यवसायीलाई आफ्ना विक्रेतामार्फत नियमित रूपमा ग्यास बिक्री गर्न अनुरोध गरेको छ। 

निगमले सूचना जारी गरी टेकु परिसरबाट नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीराम र सागर ब्रान्डका ग्यास बिक्री गर्ने जनाएको छ भने बुढानिलकण्ठस्थित पशु सेवा शाखा, चापलीबाट नेपाल, एचपी र भानु ब्रान्डका ग्यास बिक्री गरिने र कीर्तिपुरस्थित राधास्वामी परिसरबाट नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीकृष्ण, साइबाबा र श्रीमाया ब्रान्डका ग्यास बिक्री गरिने जनाएको छ । 

यसैगरी नयाँ बजारस्थित जुडो हल परिसरबाट नेपाल, एचपी र ओम, नयाँ बानेश्वर होटल परिसरबाट नेपाल, एचपी र ओम, बबरमहलस्थित पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट नेपाल र एचपी ब्रान्डका ग्यास बिक्री गरिनेछ।

चन्द्रागिरि नगरपालिका कार्यालयबाट लोकप्रिय, नेपाल, एचपी र श्रीमाया तथा कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद केन्द्रबाट नेपाल, एचपी, सूर्य, एभरेस्ट, सुगम र एसटीसी ब्रान्डका ग्यास बिक्री-वितरण गरिने निगमले जनाएको छ।

निगमले कुनै कारणले ग्यास प्राप्त गर्न नसकेका उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्रका आधारमा नजिकको बिक्री केन्द्रबाट ग्यास खरिद गर्न सक्ने व्यवस्था गरिएको जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार