काठमाडौं । दोलखाको चरिकोटमा रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले ३४औँ स्थापना दिवसका कार्यक्रम सम्पन्न गरेको छ । स्थापना दिवसका अवसरमा संस्थाले विभिन्न विधामा उत्कृष्ट सदस्य तथा कर्मचारीलाइ सम्मान तथा पुरस्कार समेत वितरण गरेको छ।
संस्थाले सञ्चालक समिति, उपसमिति, व्यवस्थापन र कर्मचारीको भूमिका तथा जवाफदेहिता स्पष्ट गर्दै व्यक्तिगत स्वार्थभन्दा संस्थागत हितलाई प्राथमिकता दिने संस्कार विकास गर्ने प्रतिवद्धता गरेको छ । निर्णय प्रक्रियामा पारदर्शिता, वित्तीय कारोबारमा अनुशासन, अभिलेख व्यवस्थापनमा शुद्धता र सेवा प्रवाहमा व्यावसायिकतालाई समेत प्राथमिकता दिने जनाएको छ।
संस्थाका अध्यक्ष कृष्ण बहादुर गौतमद्वारा जारी प्रतिवद्धतामा बदलिँदो नियामकीय व्यवस्था, प्राकृतिक विपद्, कोभिड–१९ पछिको आर्थिक तथा वित्तीय असहजता र सदस्यको आयस्तरमा आएको परिवर्तनलगायतका चुनौतीका बीचमा पनि संस्थालाई थप जिम्मेवार, अनुशासित र पारदर्शी बनाउँदै अघि बढाएको उल्लेख छ।
संस्थाले सदस्यको वास्तविक आवश्यकता पहिचान गरी सुरक्षित बचतको वातावरण निर्माण गर्ने तथा उत्पादनशील र उद्यमशील क्षेत्रमा ऋण प्रवाह गर्ने जनाएको छ । विज्ञप्तीमा ऋण लगानीलाई तथ्यमा आधारित र विवेकपूर्ण बनाउँदै ऋणको सदुपयोग, नियमित भुक्तानी तथा वित्तीय अनुशासनमा जोड दिने प्रतिबद्धता व्यक्त गरिएको छ।
विगतमा ऋण भुक्तानीमा समस्या भएका सदस्यलाई सम्भव भएसम्म सहजीकरण र परामर्शमार्फत नियमित वित्तीय व्यवहारमा फर्काउने तथा संस्था र सदस्यको हित तथा प्रचलित कानुनको सीमाभित्र रही ऋण असुली तथा जोखिम व्यवस्थापनका प्रक्रिया प्रभावकारी बनाउने संस्थाको योजना छ।
त्यस्तै, नेफ्स्कूनको प्राविधिक सहयोग तथा एसियाली ऋण महासंघद्वारा प्रवर्धित एक्सेस र ‘सियुलेग’जस्ता संस्थागत गुणस्तर अभिवृद्धिका कार्यक्रमबाट प्राप्त अनुभवलाई निरन्तर आत्मसाथ गर्दै अन्तर्राष्ट्रिय असल अभ्याससँग संस्थाको कार्यप्रणाली जोड्ने प्रतिवद्धतामा उल्लेख छ।
प्रविधिको प्रयोगलाई सेवा विस्तार र सदस्य सुविधा अभिवृद्धिको माध्यम बनाउँदै डिजिटल तथा प्रविधिमैत्री सेवा, सुरक्षित वित्तीय कारोबार, तथ्यमा आधारित निर्णय प्रणाली र आधुनिक व्यवस्थापन पद्धतिको विकास गर्ने प्रतिबद्धता पनि संस्थाले गरेको छ।
सहकारीलाई वित्तीय कारोबारमा मात्र सीमित नराखी वित्तीय साक्षरता, सहकारी शिक्षा, उद्यमशीलता तथा नेतृत्व विकास, युवा र बालबचतकर्ताको वित्तीय क्षमता अभिवृद्धि, शिक्षा तथा स्वास्थ्यसम्बन्धी सचेतना र सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई प्रभावकारी बनाउने संस्थाको योजना छ।
संस्थाले सदस्यको गुनासोलाई सेवा सुधारको अवसरका रूपमा लिने तथा सदस्यको सुझावलाई संस्थागत सुधारको मार्गदर्शनका रूपमा आत्मसाथ गर्ने जनाएको छ । साथै वातावरणीय संरक्षण, सामाजिक उत्तरदायित्व र दिगो आर्थिक विकासलाई संस्थागत कार्यसंस्कृतिको अभिन्न अंग बनाउँदै सहकारीका अन्तर्राष्ट्रिय मूल्य तथा दिगो विकासका लक्ष्यसँग आफ्ना कार्यक्रमलाई क्रमशः आबद्ध गर्ने प्रतिबद्धता जनाएको छ।
‘सदस्यको विश्वासलाई आधार, सुशासनलाई मार्ग, वित्तीय अनुशासनलाई शक्ति, प्रविधिलाई साधन र सदस्य समृद्धिलाई गन्तव्य’ बनाउँदै संस्थालाई अझ सुरक्षित, सक्षम, सबल, पारदर्शी, प्रविधिमैत्री र दिगो सहकारीका रूपमा विकास गर्ने संकल्प संस्थाले गरेको छ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com