काठमाडौं । रुपन्देहीस्थित जनउत्थान बचत तथा ऋण सहकारी संस्था लि. ले रसुवाको रसुवाको भोटेकोशी र निशुली नदीमा आएको बाढीले सिर्जित विकराल तथा विषम परिस्थितिबाट प्रभावितहरुको सहयोगका लागि हात अघि बढाएको छ । जनउत्थान साकोसले यस्तो महाविपत्तिको समयमा शेयर सदस्यहरू, सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, विभिन्न उप समितिहरू तथा सम्पूर्ण कर्मचारी वर्गको तर्फबाट ऐक्यबद्धता जनाउँदै बचत तथा ऋण सहकारी संघको छाता संगठन नेफ्स्कूनमार्फत आठ लाख रुपैयाँसहयोग गर्ने घोषणा गरेको छ ।
जनउत्थान साकोसले भनेको छ, 'हाम्रो यो सानो प्रयासले प्रभावित परिवारजनको राहत र पुनःस्थापनामा केही हदसम्म भए पनि सहयोग पुग्ने विश्वास लिएका छौँ। भविष्यमा पनि सामाजिक उत्तरदायित्व वहन गर्दै समुदायको सुख(दुःखमा साथ दिन जनउत्थान साकोस सधैँ प्रतिबद्ध रहनेछ।'
जनउत्थान साकोसले यस दुःखद घडीमा दिवंगत भएका सबैको आत्माको चिर शान्तिको कामना पनि गरेको छ भने उद्दार, राहत र पुनर्स्थापनमा ध्यान पुर्याउन आग्रह गरेको छ । सहकारीहरुमध्ये सबैभन्दा पहिले सहयोगको घोषणा गर्ने जनउत्थान साकोसले विगतमा पनि यस्ता प्रकारका विपत्तिहरुमा सहयोग गर्दै आएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com