काठमाडौं । रसुवाको बाढीबाट सहकारी संघ संस्थाका सदस्य पदाधिकारीसँगै कार्यालयहरु पनि अछुतो रहन सकेका छैनन । हाल खोजी उद्दारमै ध्यान केन्द्रित भएकाले के कस्तो क्षति र प्रभाव परेको छ भन्ने यकिन विवरण आइनसकेपनि प्रभावबाट अछुतो भने सहकारीहरु पनि रहेका छैनन ।
सहकारी अभियानको शिर्षस्थ संघ राष्ट्रिय सहकारी महासंघ नेपालदेखि बचत तथा ऋण सहकारीहरुको शीर्ष संघ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून), बागमती प्रदेश सहकारी संघ लि. कञ्चनपुर बहुउद्देश्यीय सहकारी संघ लि.,आदिले विज्ञप्ति जारी गरी पीडितहरुको उद्दार, राहत, सहयोग तथा पुनस्थापनामा हातेमालो गर्न आग्रह गरेका छन् । केही प्रारम्भिक संस्थादेखि नेफ्स्कूनले आर्थिक सहयोगको घोषणासमेत गरिसकेका छन् ।
यसैबीच, हिजोको बाढीका कारण धादिङमा केही प्रभावमा समाचार धिप्री डटकमलाई प्राप्त भएको छ ।
धादिङ गल्छी वडा नं ६ वैरेनीस्थित हाइवे बचत तथा ऋण सहकारी संस्था लि. का व्यवस्थापक ऋषिराम नेपालका अनुसार संस्थाका का परिवारभित्रका सदस्यहरु बेपत्ता भएको खबर प्राप्त भएको छ । संस्थाकै अध्यक्ष र उपाध्यक्षको घरमा बाढी पसेको छ भने कोषाध्यक्षको घरमा जाने अवस्था अझैं छैन । साथै हाइवे साकोसका अधिकांश सदस्यहरु बाढीबाट प्रभावित भएका छन् । छिमेकका केही सहकारीहरु बढी प्रभावित भएका छन् ।
नेपालले भन्नुभयो, 'हाम्रा सदस्यहरुका आफन्तहरु पक्कै प्रभावित हुनुभएको छ । केही बेपत्ता हुनुभएको प्रारम्भिक जानकारी हिजै आएको थियो । अहिलेसम्म अवस्थाबारे जानकारी छैन । तर, सदस्यहरु नै समस्यामा पर्नुभएको जानकारी भने अहिले सम्म आएको छैन । यकिन अवस्था र विवरण अझै प्राप्त हुने क्रम छ ।'
संस्था भने तेस्रो तल्लामा रहेकाले ग्राउन्ड फ्लोरमा पानी र लेदोसहित जमेको भएतापनि कार्यालय भने सुरक्षित रहेको छ । 'हामीले माइकिङ भएसँगै डाटा सुरक्षा गरेर बाहिर निस्क्यौं, हामीलाई केही भएन, 'उहाँले भन्नुभयो ।
सेवा केन्द्र अन्तर्गत भने धुनीबेसीसम्मका सदस्यहरु भएकाले उहाँहरुको बारेमा जानकारी लिने काम भैरहेको छ । नेपालले भन्नुभयो, 'हाम्रो अध्यक्ष, उपाध्यक्षको घरमा पानी पसेको छ र कोषाध्यक्ष घरनै जान सक्नुभएको छैन । जहाँसम्म कार्यालयको अवस्था छ, हामी यहाँ भाडामा तेस्रो तल्लामा बसेका छौं, पहिलो र दोस्रो तल्लामा रहेको ग्लोब बैंकको शाखा कार्यालय भने प्रभावित भएको छ ।'
छिमेकको जनकल्याण साकोसको सेवा केन्द्र ग्राउण्ड फ्लोरमा भएकाले पानी र लेदो पसेर पुगेको थियो । त्यस्तै, उहाँले छिमेकको स्वाभिमान बचत तथा ऋण सहकारी संस्था लि भने पानीले निक्कै प्रभावित भएको जानकारी प्राप्त भएको नेपालले बताउनुभयो । कार्यालयमा पानी र लेदो पसेर पूर्णतः भौतिक क्षति भएको जानकारी व्यवस्थापकमार्फत आफूलाई प्राप्त भएको नेपालले बताउनुभयो ।
'हाम्रो त सबै खत्तम भयो नि, सर भन्दै फाइल, डाटा कम्प्युटरमा क्षति पुगेको जानकारी व्यवस्थापकले गराएको नेपालले धिप्री डटकमलाई बताउनुभयो । यद्यपि, त्यहाँ कुनै मानवीय क्षति भने नभएको उहाँले स्पष्ट पार्नुभयो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com