Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

नामजस्तै काम गर्दै मकवानपुरको हातेमालो साकोस, १ लाख ७३ हजार बढी रकम सहयोग

नामजस्तै काम गर्दै मकवानपुरको हातेमालो साकोस, १ लाख ७३ हजार बढी रकम सहयोग

काठमाडौं । मकवानपुरको हेटौंडा-२ अवस्थित हातेमालो बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो नाम चरितार्थ गर्दै संकटको समयमा सहयोगको हात अघि बढाएको छ । समुदायमा आधारित एवम् सदस्य केन्द्रित हातेमालो साकोसले रसुवाको बाढीको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै पीडितहरुको सहयोगार्थ एक लाख ७३ हजार १ सय ९७ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा योगदान गर्ने निर्णय गरेको छ ।

संस्थाकी व्यवस्थापक रमला सापकोटाका अनुसार कर्मचारीहरुले एक दिनको तलब, ३१२७ सदस्यहरुबाट प्रति सदस्य २० रुपैयाँका दरले ६२,५४० समिति उपसमितिहरुको एक दिनको भत्ता बापत ४७,६०० तथा संस्थाको कोषबाट ५० हजार गरी कुल १ लाख ७३ हजार १ सय ९७ रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको जानकारी गराउनुभयो ।

हातेमालो साकोसले साकोसले संकटपूर्ण घडीमा आफ्नो सामाजिक तथा संस्थागत दायित्व भएको जनाउँदै सहयोगको लागि अग्रसरता देखाएको हो । साथै शेयर सदस्य, शुभेच्छुक तथा विभिन्न संघ संस्था निकायहरुलाई समेत आ आफ्नो ठाउँबाट स्वेच्छिक रुपमा राहत कोषमा योगदान गरी राष्ट्रिय संकटको विषम घडीमा हातेमालो गर्न समेत संस्थाले अपिल जारी गरेको छ । संस्थाले भनेको छ, 'विपद्को बेला सबैले सहयोग गरौं, मानवता देखाऔं जीवन बचाऔं ।'

91471478-9218-41b6-baf2-3babcb61295d.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार