काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपा-६, बुडोल मुख्य कार्यालय रहेको बुडोल बचत तथा ऋण सहकारी संस्था लि. ले भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको कारण रसुवा, नुवाकोट, धादिङ र गोरखा जिल्लाका तटीय क्षेत्रमा भएको अकल्पनीय भौतिक तथा मानवीय क्षतिप्रति यस संस्था गहिरो दुःख प्रकट गरेको छ ।
साथै उक्त विनाशकारी विपद्को जोखिम न्यूनीकरण र व्यवस्थापनमा ठुलो धनराशी खर्च हुने जनाई नेपाल सरकारबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोगार्थ अपिल जारी भएको भन्दै आफ्नो पनि सहभागिता जनाउने निर्णय गरेको छ । समुदायलाई पर्दा सहयोगमा तत्पर हुने बुडोल सामुदायिकले सहकारीको सिद्धान्त र मर्मलाई व्यवहारमा उतार्दै यस दुःखद घडीमा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, कर्मचारी र संस्थाको संयुक्त योगदानबाट कोषमा दुई लाख एकाउन्न हजार रुपैयाँ सहयोग गरेको जनाएको छ ।
संस्थाका अध्यक्ष कैलाश केसीद्वारा आज भदौ १५ गते जारी विज्ञप्तिमा रसुवाको बाढीमा परी दिवङ्गत हुनु भएकाहरुप्रति गहिरो श्रद्धाञ्जली प्रकट गर्दै बेपत्ताहरुको सकुशल उद्धार र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरिएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com