Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

वीरेन्द्रनगर साकोसको स्तुत्य काम, उद्धार कोषमा १ लाख १ हजार रुपैंयाँ सहयोग

वीरेन्द्रनगर साकोसको स्तुत्य काम, उद्धार कोषमा १ लाख १ हजार रुपैंयाँ सहयोग

काठमाडौं ।  सुर्खेतको विरेन्द्रनगर ५ मा अवस्थित वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार रुपैंयाँ सहयोग गरेको छ । संस्थाले बाढी प्रभावित क्षेत्रका बासिन्दाहरुको राहत र पुर्नस्थापनामा ऐक्यबद्धता जनाई उद्धार कोषमा उक्त रकम जम्मा गर्ने निर्णय भएको जनाएको छ।

संस्थाले प्रभावित समुदायको पुर्नस्थापनामा ऐक्यबद्धता जनाउन सहयोग गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत छत्र थापाले जनाएका छन् । साथै बिनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ्ग, गोर्खा, चितवन लगायतका जिल्लाहरुमा पुर्याएको धनजनको क्षतिप्रति संस्था परिवारले गहिरो दुःख व्यक्त गरेको छ।

प्राकृतिक बिपदमा परि ज्यान गुमाउने मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ । साथै संस्थाले घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै, बेपत्ता ब्यक्तिहरुको खोज तथा उद्धार कार्यमा जुट्न सबैमा हार्दिक अपिल समेत गरेको छ।

789060348_1385590743547990_6556453116834613804_n.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार