Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

काभ्रेको सामुदायिक साकोसको सामुदायिकता भाव, उद्धार कोषमा ५ लाख ५ हजार योगदान

काभ्रेको सामुदायिक साकोसको सामुदायिकता भाव, उद्धार कोषमा ५ लाख ५ हजार योगदान

काठमाडौं । 'सवल र सुरक्षित संस्था' को परिकल्पना बोकेको काभ्रेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.ले सामुदायिकता भावको उच्च प्रदर्शन गर्दै रसुवाका बाढी पीडितहरुको सहयोगको पक्षमा आफूलाई उभ्याएको छ । रसुवाको प्राकृतिक विपत्तिको अकल्पनीय क्षतिबाट मर्माहत भएको सामुदायिक साकोसले सहकारी हुनुको जिम्मेवारीबोध गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा संस्थागत सहयोग गरेको छ । सामुदायिक साकोसले संस्था, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार तथा कर्मचारीहरूको सामूहिक योगदान कोषमा गरेको जनाएको छ ।

सामुदायिक साकोसले राष्ट्रिय विपद्को घडीमा सहयोग तथा एक्यबद्धता प्रर्दशन गरेको हो ।

अध्यक्ष मुकुन्द शर्माद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ,  

मिति २०८३ भाद्र १० गते तिब्बतबाट बगेर आउने भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा लगायतका प्रभावित क्षेत्रमा ठूलो जनधनको क्षति भएकोप्रति सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. गहिरो दुःख व्यक्त गर्दछ ।

नेपाल सरकारले राहत तथा उद्धारका लागि गरेको सहयोग आव्हानलाई आत्मसाथ गर्दै यस विपद्का कारण प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि यस संस्था, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार तथा कर्मचारीहरूको समेत योगदान सहित गरी जम्मा रु। ५,०५,०००।- (अक्षरेपी पाँच लाख पाँच हजार रुपैयाँ मात्र) प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको ब्यहोरा शेयर सदस्य महानुभावहरु समेतलाई जानकारी गराउँदछौं ।

विपद्को यस कठिन घडीमा प्रभावित परिवारहरूको पीडामा साथ दिनु हाम्रो मानवीय तथा सामाजिक दायित्व हो भन्ने भावनाका साथ उक्त सहयोग रकम प्रदान गरिएको हो । संस्थाले विपद्मा परेका नागरिकहरूको शीघ्र उद्धार, राहत वितरण तथा पुनःस्थापनाका लागि सम्बन्धित निकायहरूबाट प्रभावकारी पहल हुने विश्वास लिएको छ ।

साथै, यस प्राकृतिक विपद्का कारण दिवंगत हुनुभएका स्वदेशी तथा विदेशी नागरिकहरुप्रति हार्दिक श्रदाञ्जली ब्यक्त गर्दै प्रभावित सम्पूर्ण परिवारजनप्रति हार्दिक सहानुभूति र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा प्रभावित परिवारको सुरक्षित एवं सहज जीवनयापनको कामना गर्दछौँ । धन्यवाद ।'

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार