Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

बाढीपीडितहरुको सहयोगार्थ जनसचेतन साकोसको २ लाख ५५ हजार ५ सय ५५ योगदान

बाढीपीडितहरुको सहयोगार्थ जनसचेतन साकोसको २ लाख ५५ हजार ५ सय ५५ योगदान

काठमाडौं । दोलखाको वैतेश्वर गाउँपालिका ५, काब्रेमा मुख्य कार्यालय रहेको समुदायमा आधारित सदस्य केन्द्रित जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रसुवाका बाढीपीडितहरुको सहयोगका लागि २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ योगदान गरेको छ । रसुवा घटनाबाट स्तब्ध एवम् मर्माहत जनसचेतन साकोसले उद्दार, राहत र पुनर्स्थापना अभियानमा आफ्नो तर्फबाट उक्त रकम  प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ ।

संस्थाको सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारीको एक दिनको बैठक भत्ता, कर्मचारीको दुई दिनको तलब र संस्थाको थप रकमबाट सहयोग जुटाइएको साकोसले जनाएको छ ।
संस्थाले आज प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा रकम जम्मा गरेको जनाएको छ।

संस्थाले बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ताको शीघ्र खोजी र घाइतेको स्वास्थ्यलाभको कामना गरेको छ। साथै, विपद्को समयमा सबैलाई सहयोग अभियानमा जे जसरी सकिन्छ जोडिन पनि विनम्र अपिल गरेको छ । 

789606091_27995305323425087_6087691412189704647_n.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार