Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

राष्ट्रिय विपत्तिकै बीच मिराकल साकोसले सम्पन्न गर्यो १८औं वार्षिक साधारणसभा

राष्ट्रिय विपत्तिकै बीच मिराकल साकोसले सम्पन्न गर्यो १८औं वार्षिक साधारणसभा

काठमाडौं । काठमाडौंको कलंकीस्थित मिराकल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले असहज परिस्थितिबीच पनि आफ्नो कर्तव्य र जिम्मेवारी निर्वाह गर्दै १८औँ वार्षिक साधारण सभा आज सफलतापूर्वक सम्पन्न गरेको छ । रसुवाको बाढीबाट सिङ्गो मुलुकनै पीडामा परेको समयमा पनि सदस्यहरुप्रतिको दायित्वबोध, नियामकीय निर्देशनको अनुपालना तथा  सरोकरावालाहरुप्रतिको जवाफदेहितालाई ध्यानमा राखी मिराकल साकोसले सदस्यहरुको सबैभन्दा ठूलो वार्षिक भेला सम्पन्न गरेको हो ।

संस्थाको वार्षिक साधारण सभा केवल एउटा औपचारिक कार्यक्रम मात्र नभई संस्थाको विगतको समीक्षा, वर्तमान अवस्थाको मूल्याङ्कन तथा आगामी दिनको योजना र लक्ष्य निर्धारण गर्ने महत्वपूर्ण अवसर पनि भएको बताउँदै सभामा प्राप्त अमूल्य सुझाव, सल्लाह, प्रतिक्रिया तथा मार्गदर्शनले संस्थालाई अझ व्यवस्थित, पारदर्शी, सुदृढ र सदस्यकेन्द्रित रूपमा अगाडि बढ्न थप ऊर्जा र प्रेरणा प्रदान गरेको जनाएको छ ।

WhatsApp Image 2026-08-31 at 20.17.57 (1).jpeg
undefined

मिराकलले भनेको छ, 'आज संस्थाले प्राप्त गरेको उपलब्धि कुनै एक व्यक्ति वा एक समूहको मात्र प्रयास नभई सम्पूर्ण सदस्यहरूको विश्वास, साथ, सहयोग र सामूहिक प्रयासको परिणाम हो। यहाँहरूले संस्थाप्रति देखाउनुभएको विश्वास र अपनत्वलाई हामीले आगामी दिनमा अझ जिम्मेवारीपूर्वक आत्मसात् गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ। संस्थाको आगामी यात्रा अझ सफल, सुरक्षित र उपलब्धिमूलक बनाउन सुशासन, पारदर्शिता, आर्थिक अनुशासन, सदस्यको हित तथा संस्थाको दिगो विकासलाई प्राथमिकतामा राख्दै अगाडि बढ्ने हाम्रो प्रतिबद्धता रहनेछ।'

WhatsApp Image 2026-08-31 at 20.17.55 (2).jpeg
undefined


यसैबीच, मिराकल साकोसले साधारणसभामा आफ्नो अमूल्य समय निकालेर उपस्थित भई कार्यक्रमको गरिमा बढाइदिने सबैमा कृतज्ञता व्यक्त गरेको छ । मिराकल सहकारीको समृद्धि नै सदस्यहरूको समृद्धि हो, सदस्यको विश्वास नै हाम्रो शक्ति हो भन्दै साकोसले आगामी दिनहरूमा पनि संस्थाका हरेक यात्रामा सबैको निरन्तर साथ, विश्वास, सुझाव र सहकार्य प्राप्त भइरहनेछ पूर्ण विश्वास लिएको जनाएको छ ।

WhatsApp Image 2026-08-31 at 20.17.57.jpeg
undefined

यसैगरी, संस्थाको स्थापना, विकास र निरन्तरतामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान गर्ने सम्पूर्ण शेयर सदस्यहरु, संस्थापकहरु, पूर्व तथा वर्तमान सञ्चालक तथा लेखा सुपरीवेक्षण समितिका पदाधिकारीहरु, कर्मचारीहरु तथा शुभेच्छुकहरुप्रति विशेष सम्मानसहित संस्थाले हार्दिक आभार व्यक्त गरेको छ ।

WhatsApp Image 2026-08-31 at 20.17.55.jpeg
undefined

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार