Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

'पहिचान नभएका शवहरूको वैज्ञानिक र कानुनी प्रक्रिया पुर्‍याएर व्यवस्थापन भइरहेको छ'

'पहिचान नभएका शवहरूको वैज्ञानिक र कानुनी प्रक्रिया पुर्‍याएर व्यवस्थापन भइरहेको छ'

काठमाडौं। विभिन्न आशंकाहरु चिर्दै सरकारले बाढी पहिरो लगायतका विपद्मा परी ज्यान गुमाएका तर पहिचान हुन नसकेका शवहरूको वैज्ञानिक र कानुनी प्रक्रिया पुर्‍याएर व्यवस्थापन भइरहेको जनाएको छ । 

सोमवार सिंहदरबारमा भोटेकोशी बाढीबारे जानकारी दिने क्रममा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शव व्यवस्थापनका सम्बन्धमा उठेका प्रश्नहरूको पष्टीकरण दिनुभएको हो । 

उहाँले पहिचान नभएका तथा बेवारिसे शवहरूको व्यवस्थापन ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन निर्देशिका’ र अन्तर्राष्ट्रिय वैज्ञानिक मापदण्ड बमोजिम भइरहेको बताउनुभयो ।

मन्त्री पोखरेलका अनुसार पहिचान हुन नसकेका शवहरूको अनिवार्य रूपमा डिएनए नमूना, औँठाछाप र अन्य आवश्यक विवरणहरू सुरक्षित राखेर मात्र जमिनमुनि व्यवस्थापन गरिएको छ । 

उहाँले भन्नुभयो,  ‘शवहरू नष्ट गरिएको होइन, वैज्ञानिक ढंगले व्यवस्थापन मात्र गरिएको हो । भविष्यमा कुनै आफन्तले दाबी गर्न आएमा डिएनए परीक्षणमार्फत पहिचान रुजु गरी शव वा अवशेष हस्तान्तरण गर्न सकिने कानूनी र वैज्ञानिक ढोका खुला राखिएको छ ।’

सरकारले शव व्यवस्थापनको सम्पूर्ण प्रक्रियालाई पारदर्शी र जिम्मेवारपूर्ण बनाएको उल्लेख गर्दै मन्त्री पोखरेलले यस कार्यमा कुनै पनि कानूनी वा वैज्ञानिक त्रुटि हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै शवको पहिचानका लागि आवश्यक पर्ने नमुनाहरू भविष्यका लागि सुरक्षित अभिलेखीकरण गरिएको उहाँले  पुनः स्पष्ट पार्नुभयो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार