Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

६ क्रिकेटर वर्ल्डलिंकको ब्रान्ड एम्बेसडर

६ क्रिकेटर वर्ल्डलिंकको ब्रान्ड एम्बेसडर

काठमाडौँ । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सले १० लाख घरपरिवारमा इन्टरनेट जडान गर्ने ऐतिहासिक उपलब्धि हासिल गरेको अवसरमा राष्ट्रिय टोलीका ६ जना क्रिकेट खेलाडीलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । 

राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, अनिलकुमार साह र ललित राजवंशी नयाँ ब्रान्ड एम्बेसडर नियुक्त भएका हुन् । खेलाडीहरूले वर्ल्डलिंकको डिजिटल सशक्तीकरण अभियान र नेपाली राष्ट्रिय गौरवसँग जोडिएको यात्रामा सँगै अघि बढ्ने प्रतिबद्धता जनाएको कम्पनीले जनाएको छ ।

सम्झौतामा वर्ल्डलिंकका तर्फबाट सहसंस्थापक तथा कार्यकारी निर्देशक मनोज अग्रवाल र प्रमुख कार्यकारी अधिकृत (सिइओ) केशव नेपालले हस्ताक्षर गरेका छन् । नेपालमा पहिलो पटक एउटै कम्पनीले एकैसाथ ६ जना ब्रान्ड एम्बेसडर अनुबन्धन गर्ने ऐतिहासिक कार्य वर्ल्डलिंकले गरेको हो, जसले कम्पनीको खेलप्रतिको समर्पण, राष्ट्रिय गौरव र सामुदायिक विकासमा रहेको प्रतिबद्धता स्पष्ट रूपमा देखाउने कम्पनीले जनाएको छ ।

समारोहमा कार्यकारी निर्देशक अग्रवालले किक्रेटरलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताएका छन् । यस सहकार्यले ब्रान्डलाई थप ऊर्जावान बनाउने र देशका विभिन्न भागमा रहेका समुदायसँग सम्बन्ध अझ गाढा बनाउने उनको भनाइ छ ।

सन् १९९५ मा स्थापना भएको वर्ल्डलिंक नेपालकै सबैभन्दा ठूलो इन्टरनेट र नेटवर्क सेवा प्रदायक हो । देशभर १० लाखभन्दा बढी घरपरिवारमा इन्टरनेट सेवा पुर्‍याउँदै आएको यस कम्पनीले उच्च गतिको ब्रोडब्यान्ड र व्यावसायिक सेवा ७७ जिल्लामा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार