Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

सहकारी पीडितहरुले गरे माइतीघरमा अर्धनग्न प्रदर्शन

सहकारी पीडितहरुले गरे माइतीघरमा अर्धनग्न प्रदर्शन

काठमाडौँ । सहकारी पीडितहरूले काठमाडौँमा अर्धनग्न प्रदर्शन गरेका छन् । सोमबार काठमाडौँको माइतीघर मण्डलामा सहकारी पीडितहरूले अर्धनग्न अवस्थामा प्रदर्शन गरेका हुन् ।

उनीहरूले आफूहरूको ‘आन्दोलन रहर नभई बाध्यता हो’, ‘हाम्रो धैर्यलाई कमजोरी नठान’ लगायतका नारा लेखेका प्लेकार्ड बोकेका थिए । 

सहकारी संस्थाको रकम अपचलनबाट पीडित बचतकर्ता महिनौँदेखि सडक आन्दोलनमा छन् । उनीहरूले सहकारी संस्थाका सञ्चालकको सम्पत्ति जफत गरेर भए पनि आफ्नो बचत रकम फिर्ता लिन माग गर्दै आएका छन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार