काठमाडौं । आज मे १ अर्थात् मे दिवस । १ सय ३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । औपचारिक तथा अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकले न्यूनतम तलब, सामाजिक सुरक्षा, वृत्ति विकास, श्रमको उचित सम्मानको आवाज सहित हरेक वर्ष यो दिवस मनाइदै आएको छ । मजुदर संगठनहरुको आयोजनामा आज विभिन्न कार्यक्रम हुँदैछन् ।
सन् १८८६ मा अमेरिकाको सिकागोमा आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आरामको माग गर्दै सुरु गरिएको मजदुर आन्दोलनको सम्झनास्वरूप विश्वभर यो दिवस मनाउने गरिन्छ । हरेक वर्ष मे महिनाको पहिलो दिन मनाउने भएकाले यसलाई ‘मे दिवस’ भनिएको हो ।
सो आन्दोलनको क्रममा सिकागो शहरको हेय मार्केट भन्ने ठाउँमा ठूलो बम विस्फोट भयो। कसैले जिम्मा लिएन। सोही बहानामा मजदुरहरूमाथि व्यापक दमन भयो। ७ जना निहत्था मजदुर मारिए। आन्दोलनले झन् उग्र रूप लियो। अन्ततः आन्दोलन सफल भयो।
सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गर्यो र त्यसयता १८९० बाट विश्वभर श्रमिक दिवस मनाउन सुरु गरिएको हो ।
नेपालमा २००३ सालमा विराटनगर जुट मिलबाट श्रमिकको आन्दोलन सुरु भएको हो । २००७ सालमा विराटनगरको ऐतिहासिक मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालियो । २०४६ सालको राजनीतिक परिवर्तनपछि ‘मे दिवस’ विशेष पर्वका रूपमा मनाउन थालियो । २०४६ सालको राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालियो।
श्रम ऐन, २०७४ तथा नियमावली २०७५ लाई कार्यान्वयन गर्दै २०८० साउन १ गतेबाट श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार तीन सय रुपियाँ भएको छ । हरेक वर्ष दुई वर्षमा पुनरवलोकन गर्नुपर्ने पारिश्रमिक यस पटक साउन १ गतेदेखि नयाँ लागु गर्नुपर्ने छ । यसका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सहसचिवको संयोजकत्वमा गठिन समितिले काम गरिरहेको छ ।
नेपाल ट्रेड युनियन महासंघका अनुसार पहिलोपटक २०१९ सालमा नेपाल मजदुर संगठनले पहिलोपटक मे दिवस आयोजना गरेको थियो ।
यसैबीच, विश्व मजदुर दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उत्पादन र उत्पादकत्व वृद्धिमा जोड दिनुभएको छ । उहाँले स्वदेशी उत्पादनको प्रयोग, श्रमको सम्मान, स्वरोजगार, उचित पारिश्रमिक एवं सामाजिक सुरक्षा सुनिश्चित गर्नेतर्फ अग्रसर हुन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।
साथै उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै श्रम अधिकार सुनिश्चितताको कामना गर्नुभएको छ ।
श्रमिक दिवसले विश्वभरिका सम्पूर्ण श्रमजीवीलाई आफ्नो हक, हित, अधिकार तथा स्वतन्त्रताको रक्षार्थ एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास राष्ट्रपतिले सन्देशमा व्यक्त गर्नुभएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com