Nov 22 2026 | २०८३, मंसिर ६ गते

Nov 22 2026 | २०८३, मंसिर ६ गते

Follow us

जीवित देवता श्रीगणेश र श्रीभैरवको निवास स्थान निर्माणका लागि शिलान्यास, ६ करोड ७ लाख बढी लागत

जीवित देवता श्रीगणेश र श्रीभैरवको निवास स्थान निर्माणका लागि शिलान्यास, ६ करोड ७ लाख बढी लागत

मंसिर ५, २०८३ काठमाडौं । काठमाडौं महानगरपालिकाले जीवित देवता श्रीगणेश र श्रीभैरवको निवासस्थान निर्माणका लागि शिलान्यास गरेको छ ।   महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले निर्माणस्थलको ब्रम्हस्थानमा आज जगपूजा र शिलान्यास गर्नुभएको छ । 

उहाँसँगै निर्माणस्थलको इशान (उत्तर (पूर्व) कोणमा वडा नं. २४ का अध्यक्ष एवम् हनुमाढोका दरवार क्षेत्र संरक्षण कार्यक्रम उपसमिति संयोजक बिनोद कुमार राजभण्डारीले, आग्नेय (दक्षिण पूर्व) कोणमा वडा नं. २३ का अध्यक्ष एवम् विधायन समितिका संयोजक मचाराजा महर्जनले, वायव्य (उत्तर पश्चिम) कोणमा वडा नं. १९ का अध्यक्ष एवम् पूर्वाधार समितिका संयोजक राजेशकुमार श्रेष्ठ र नैॠत्य (दक्षिण पश्चिम) कोणमा वडा नं. २० का अध्यक्ष राजेन्द्र मानन्धरले जगपूजा र शिलान्यास गर्नुभएको थियो । भवन निर्माणका लागि ६ करोड ७ लाख ९५ हजार ५७ रुपियाँ लागत अनुमान गरिएको छ ।

920723648_1499102088748126_1780910035167421977_n.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार