Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

सहकारीको विश्वसनीयता पुनःस्थापित गर्न स्पष्ट मापदण्ड र निर्देशन आवश्यक

सहकारीको विश्वसनीयता पुनःस्थापित गर्न स्पष्ट मापदण्ड र निर्देशन आवश्यक

भक्तपुर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारी क्षेत्रमा नियमन नहुँदा विकृति बढेको बताउनुभयो । सोही कारण भियानकै मागमा दोस्रो तहको नियामक निकायका रुपमा राष्ट्रिय सहकारी नियमन प्राधिकरण बनेको उहाँले बताउनुभयो । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको २१औं स्थापना दिवसका अवसरमा आयोजित “जारी सहकारी अध्यादेश, निर्देशन तथा मापदण्ड, बचत तथा ऋण सहकारीको आगामी मार्गचित्र” विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले हालको कानुनी अस्पष्टता हटाउन र सहकारीको विश्वसनीयता पुनःस्थापना गर्न नियमनकारी निकायद्वारा स्पष्ट मापदण्ड र निर्देशन जारी हुनु जरुरी भएको उल्लेख गर्नुभयो । 

संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजूले सहकारी पीडितको बचत सुरक्षाको प्रत्याभूति नभएको र कानुनको गलत प्रयोगले सहकारी ठगलाई संरक्षण मिलेकोप्रति चिन्ता व्यक्त गरे। उनले सहकारी अभियानलाई सदस्य–समुदाय केन्द्रीत बनाउँदै सहकारीमैत्री कानुन संशोधनका लागि एकजुट प्रयास भइरहेको जानकारी गराए।

बागमती प्रदेश संघका अध्यक्ष उद्धव सापकोटाले संघ संस्थाहरूको स्तरीकरण आवश्यक रहेको बताए भने संस्थापक अध्यक्ष राजेन्द्र दुमरुले सहकारीमा समयअनुसार परिवर्तन आवश्यक भएकोमा जोड दिए। उपाध्यक्ष हरि बल्लले सहकारीमा कानुनी जटीलताहरु थप्दै सहकारी अभियानलाई कमजोर पार्ने कामहरु भइरहेकोमा आपत्ति जनाए।

बागमती प्रोस्कूनका प्रमुख कार्यकारी अधिकृत केशव प्रसाद दाहालले सहकारी सम्बन्धी विधेयक, निर्देशन तथा मापदण्डका विषयमा कार्यपत्र प्रस्तुत गर्दै ऐनको प्रभावकारी कार्यान्वयनको तयारी गर्नुपर्नेमा जोड दिए। कार्यक्रममा सहकारी अभियानको ऐतिहासिक पृष्ठभूमि, वर्तमान अवस्था र भविष्यको दिशा चित्रण गरिएको वृत्तचित्र समेत प्रस्तुत गरिएको थियो। कार्यक्रम संघका सचिव जगनाथ प्रजापतिले संचालन गरेका थिए।

कार्यक्रममा संघको सदस्य संस्थाहरुमध्ये सहकारी अभियानमा अनुकरणीय कार्य गर्ने संस्थाहरुलाई उत्कृष्ट सहकारी व्यवसायबाट पुरस्कृत गरिएको थियो । जसमध्ये जिल्लास्तरीय सहकारी व्यवसाय पुरस्कार श्री युवा बचत तथा ऋण सहकारी संस्था लि. चा.न.पा. ६, चाँगुनारायण नगरस्तरीय सहकारी व्यवसाय पुरस्कार देवी महिला बचत तथा ऋण सहकारी संस्था लि.,चा.न.पा ९, भक्तपुर नगरस्तरीय सहकारी व्यवसाय पुरस्कार लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि, भ.न.पा. २ व्यासी, सूर्यविनायक नगरस्तरीय सहकारी व्यवसाय पुरस्कार सुर्वर्णपुर बचत तथा ऋण सहकारी संस्था लि।, सू.न.पा ५ र मध्यपुरथिमि नगरस्तरीय सहकारी व्यवसाय पुरस्कार श्री बालकुमारी बचत तथा ऋण सहकारी संस्था लि., मथिनपा ४ पुरस्कृत भए । 

साथै ६८ औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा आयोजित भक्तपुर नगरस्तरीय प्रभातफेरी कार्यक्रममा उत्कृष्ट सहभागिताको पुरस्कार जित्न सफल भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि भ.न.पा ९,च्याम्हासिंह, बालाखु गणेश बचत तथा ऋण सहकारी संस्था लि भ.न.पा २ र लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि, भ.न.पा २, लाई पुरस्कार तथा सम्मान समेत वितरण गरेको थियो । 

495119881_3497442900390024_3002596429323402185_n.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार