Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

सरकारलाई रास्वपाको पाँच बुँदे सुझाव

सरकारलाई रास्वपाको पाँच बुँदे सुझाव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले वर्तमान सरकारलाई पाँचबुँदे सुझाव दिनुभएको छ । आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा आज भएको छलफलमा सांसद श्रेष्ठले सरकार गम्भीर नदेखिएको भन्दै पाँचबुँदे सुझाव पेश गर्नुभएको हो ।

सरकारलाई सुझाव:

१. समयसापेक्ष नीति निर्माण : वर्तमान अवस्था, प्रविधि र भविष्यका सम्भावनालाई ध्यानमा राखी नवीन वैज्ञानिक र समसामयिक अपनत्व हुने गरी आर्थिक नीति बन्नुपर्छ ।

२. आर्थिक पुनर्स्थापनाका लागि स्पष्ट खाका: उत्पादनमुखी लगानी, स्थानीय उद्योग प्रवर्द्धन, रोजगारी सिर्जना र उद्यमशीलता विकासमा केन्द्रित योजनाहरू ल्याउनुपर्छ ।

३. युवा र प्रविधिलाई प्राथमिकता: नीति निर्माणमा युवा पुस्ताको आवाज समेट्ने, डिजिटल ट्रान्सफर्मेशन, स्टार्टअप संस्कृतिलाई प्रोत्साहन गर्नुपर्छ ।

४. पूर्वाधारमा दीर्घकालीन सोच: अल्पकालीनभन्दा दीर्घकालीन पूर्वाधार योजना र सार्वजनिक निजी साझेदारी मोडललाई प्रवर्द्धन गर्न सक्नुपर्छ ।

५. सुदृढ कार्यान्वयन संयन्त्र: नीति र बजेटबीच समन्वय कायम गर्दै पारदर्शिता र जवाफदेहिता र परिणाममुखी कार्यान्वयन सुनिश्चितता गर्न संस्थागत आधार आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार