काठमाडौँ । नेपाल भ्रमाणमा रहनुभएका भारतको प्रसिद्ध धार्मिक संस्था निरञ्जनी अखाडाका प्रमुख महामण्डलेश्वर स्वामी कैलाशानन्द गिरीले आज नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्नुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग घनिष्ठ सम्बन्ध रहेको गिरीसँगको देउवाको भेटलाई महत्वका साथ हेरिएको छ ।
खासगरी तरल राजनीतिक परिस्थितिका बीच भएको यो भेटलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रुपमा लिइएको छ । भारतमा निरंजन पिठाधिश्वर श्री श्री १००८ आचार्य महामण्डलेश्वर पुज्य स्वामी कैलाशानन्द गिरी भनेर चिनिने उहाँसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत सल्लाह लिने निकटस्थहरू बताउँछन् । सोही कारण पनि कांग्रेस सभापति एवम् पूर्व प्रधानमन्त्री देउवासँगको भेटले महत्व राख्ने बताइन्छ ।
भारत भ्रमणमा जाने उच्चपदस्थ अधिकारीहरुसँगै धेरै नेपाली नेताले उहाँलाई भेट्ने गरेका छन् । नेपाल भ्रमणमा आउँदा गिरीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वगृहमन्त्री बालकृष्ण खाणसहितले स्वागत गर्नुभएको थियो ।
भारतका हिन्दु धर्मालम्बीहरूका लागि प्रमुख अखडा मानिने निरञ्जनी अखडाका प्रमुख गिरी वैशाख १५ गते नेपाल आउनुभएको थियो । उहाँ बैशाख २६ गतेसम्म नेपाल बस्ने कार्यक्रम छ । यस क्रममा स्वामी गिरीले नेपालका विभिन्न मठ मन्दिरमा पुजाअर्चना गर्नुभएको छ । उहाँले बैशाख १६ गते पशुपतिनाथ मन्दिरमा विशेष पुजाआजा गर्नुभएको थियो । त्यसबेला पशुपति क्षेत्र विकास कोषले उहाँलाई स्वागत र सम्मान गरेको थियो । सम्मानपछि मन्दिरमा विशेष पुजाआजा गरी उहाँ त्यसैदिन पोखरा जानुभएको थियो ।
१७ गते उहाँले पोखरामा आयोजित कोटिहोमको उदघाटन गर्नुभएको थियो । उहाँले रसुवाको गोसाइकुण्ड, ललितपुरमा रहेको दक्षिणकाली मन्दिरको पनि दर्शन गर्नुभएको थियो । उहाँले काठमाडौँका चन्द्रगिरी रिसोर्टदेखि गोकर्ण रिसोर्टसम्म भ्रमण गर्ने र बास बस्ने कार्यक्रम तय भएको थियो । गिरीले मुस्ताङको दामोदर कुण्डका साथै लुम्बिनी पुगेर बुद्धको जन्मस्थल र मायादेवी मन्दिरको पनि अवलोकन गर्नुभएको थियो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com