Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
दोस्रो ओपन फिडे र्‍यापिड रेटिङ चेस प्रतियोगिता २०८२

कोप चेसमा सिलवाल र फूयाल अगाडि

कोप चेसमा सिलवाल र फूयाल अगाडि

ललितपुर । प्रभु महालक्ष्मी दोस्रो कोप ओपन फिडे ¥यापिड रेटिङ चेस प्रतियोगिता २०८२ को पहिलो दिनको पाँच राउन्डको खेल सकिदासम्म नेपालका सिएम पुरुषोत्तम सिलवाल र आशिष फूँयाल समान ५ अंक सहित शीर्ष स्थानमा छन् र युवा खेलाडी पुरुले सिएम पुरुषोत्तम चौलागाईं र आशीषले प्रकाशचन्द्र नेपाललाई पराजित गर्दै सबै खेल आफ्नो अनुकुल पार्न सफल भएका हुन् ।  

राष्ट्रिय सहकारी महासंघको आयोजना र प्रभु महालक्ष्मी जीवन बीमाको प्रस्तुतिमा भएको स्पर्धामा एफएम क्षितिज भण्डारी, एफएम रुपेश जैसवाल र सुरोज महर्जन तिन जना खेलाडीले समान ४।५ अंक बनाउदै संयुक्त दोश्रो स्थानमा रहन सफल भएका छन् । नेपाल च्याम्पियन रुपेश जैसवाल र क्षितज भण्डारी बिचको खेल बराबरीमा सकेको थियो भने सुरोजले कमल श्रेष्ठ माथि जीत दर्ता गरेका हुन् ।

'ढुक ढुक होइन ढुक्क भएर खेलौं' भन्ने थिमका भएको खेलमा भारतीय खेलाडी आशुतोष कुमार यादव ४ अंक बटुलेर तेस्रो स्थानमा रहन सफल भएका छन् । उनी सँगै नेपालका अपत्यारिलो खेलाडी राजु ताम्राकार, प्रेमकृष्ण महर्जन, फुर्वा लामा, एआईएम अभिषेक शाह, पूर्णराज खड्का, प्रेम खड्का, सिएम भगवती प्रसाद शर्मा, बद्रीलाल नेपाली समान ४ अंक प्राप्त गरेका छन् । 

राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्ल र प्रभु महालक्ष्मी जीवन विमाका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले चेस खेलेर शुरु भएको प्रतिस्पर्धामा प्रकाशचन्द्र नेपाल, सिएम पुरुषोत्तम चौलागाईं, हर्क बहादुर चोङ्वाङ, उज्वल दहाल, धिरेन राई, बेदु सरुमगर, योगेश श्रेष्ठ र गणेशबहादुर थापाले ४ अंक जोडेका छन् । 

यस्तै महिलातर्फ नेशनल बी च्याम्पियन बिनिता कपाली र नेपाल वोमन च्याम्पियन सिन्दिरा जोशी अग्रस्थानमा रहन सफल भएका छन् । प्रतियोगितामा नेपाल र भारतका १२४ जना खेलाडी सहभागी मध्ये विजेताले नगद ४० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । साथै विजेताले एक वर्षका लागि १० लाख रुपैयाँ बराबरको आवधिक जीवन बीमा सुविधा पनि प्राप्त गर्नेछन् । दोस्रो स्थान हासिल गर्ने खेलाडीले २५ हजार रुपैयाँ नगद पुरस्कार र ७ लाख रुपैयाँ बराबरको आवधिक बीमा प्राप्त गर्ने छन् । तेस्रो हुनेले १५ हजार रुपैयाँ नगद र ५ लाख रुपैयाँको एक वर्ष अवधिको बीमा पाउनेछन् ।

उद्घाटन समारोहमा महासंघका उपाध्यक्ष डिवी बस्नेत, महाप्रबन्धक सुरेश थापा, राष्ट्रिय सहकारी बैंकका सिइओ बद्रि गुरागाई, नेपाल चेस महासंघका अध्यक्ष हेराकाजी महर्जनको उपस्थिति थियो । प्रतियोगिता २०८२ बैशाख २६ गतेसम्म संचालन हुने छ । संयुक्त राष्ट्रसंघले घोषणा गरेको ’अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५’ को अवसरलाई लक्षित गर्दै प्रभु महालक्ष्मी दोस्रो ओपन फिडे र्‍यापिड रेटिङ चेस प्रतियोगिता २०८२ बैशाख २५ गतेबाट शुरु भएको छ ।

4bf6234f-aa83-4bcd-8cdc-620ae6cf2faa.jpeg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार