Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
बागलुङमा 'ऋण व्यवस्थापन तालिम'

'हामीले गरेका राम्रा कामको प्रचारप्रसार आवश्यक छ'

'हामीले गरेका राम्रा कामको प्रचारप्रसार आवश्यक छ'

बागलुङ । बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङको आयोजना तथा राष्ट्रिय सहकारी बैंक लि. को  प्राविधिक सहयोगमा बागलुङ बजारमा ऋण व्यवस्थापन सम्बन्धी २ दिने तालिम आज सम्पन्न हुँदैछ । जिल्ला स्थित क्रियाशिल सहकारी संस्थाका पदाधिकारी, व्यवस्थापक र ऋण हेर्ने कर्मचारीलाई लक्षित गरी आयोजना गरिएको तालिममा २२ वटा सहकारी संस्थाका ३५ जनाको उपस्थिति छ । 

तालिम उद्घाटनमा बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले देशमा धैरै सहकारी संस्थाहरुले राम्रो काम गरिरहेको भएता पनि केही सहकारी संस्थाहरुले गरेका गल्तीहरुका कारण सबैलाई समस्या भएको बताउनु भयो । ‘हामीले गरेका राम्रा कामहरुको सबै मिलेर प्रचार प्रसार गर्न आवश्यक छ, ’ पौडेलले भन्नुभयो, ‘अर्को भनेको सहकारी संस्थामा ऋण व्यवस्थापन सबैभन्दा संवेदनशील र महत्वपूर्ण पक्ष भएकोले यसमा थप सुधार, स्पष्टता र पारदर्शिता आवश्यक छ ।’ उहाँले सहकारी संस्थामा ऋण सम्बन्धी नीति, कार्यविधि र कार्यान्वयन प्रक्रिया स्पष्ट नहुँदा समस्या उत्पन्न हुने गरेकोले यस्ता तालिमले व्यावहारिक रुपमा धेरै सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

तालिममा सहकारीमा ऋण व्यवस्थापनको अवधारणा, ऋणको वर्गीकरण, मूल्यांकन, फिर्ता प्रक्रिया, जोखिम व्यवस्थापन, दस्तावेज व्यवस्थापन, नेपाल राष्ट्र बैंकबाट जारी मापदण्ड, परिवर्तित नीति, नीयम र अनुगमन प्रणालीबारे राष्ट्रिय सहकारी बैंकको सहजीकरण छ । 

उद्घाटन कार्यक्रम संघका अध्यक्ष पौडेलको अध्यक्षता, व्यवस्थापक वविता सार्कीको स्वागत र सिवाईसी नेपालका कार्यक्रम अधिकृत सुमन घर्ति क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको थियो । 

58631d3a-8e4f-4797-aaf4-b6e0108bdaba.jpeg
undefined
e861f4df-0f0c-497a-9184-761064af4431.jpeg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार