Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
सदस्यहरुका लागि विशेष अनुरोध

'सदस्यको समस्यामा किसान साकोस बाधक होइन सहयोगी बन्छ'

'सदस्यको समस्यामा किसान साकोस बाधक होइन सहयोगी बन्छ'

काठमाडौं । गैंडाकोट-८ नवलपुर मुख्य कार्यालय रहेको किसान बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्ना सदस्यहरुको समस्यामा संस्था बाधक होइन सहयोगी बन्ने भन्दै असल सदस्यको पहिचान निर्माण गर्न अनुरोध गरेको छ । साकोसले सर्तानुरुप ऋणको ब्याज र किस्ता भुक्तान गर्न सदस्यहरुका लागि आज विशेष अनुरोध जारी गरेको हो । सदस्यहरुको बचत नै संस्थाको ऋण लगानीको मुख्य स्रोत भएको भन्दै किसान साकोसले तोकिएको समयमै ऋण तिर्न आग्रह गरेको छ । 

साथै साकोसले परिस्थिति प्रतिकुल भई सर्तानुसार ऋण तिर्न असहज भएमा समयमै आफ्नो वास्तविक समस्या संस्थामा जानकारी गराई आवश्यक वित्तीय परामर्श लिन आग्रह गरेको छ । किसान साकोस सदस्यहरुको विश्वासिलो र भरपर्दो वित्तीय परामर्शदाता भएको भन्दै आफ्ना असहजता र प्रतिकूलताहरु संस्थामा जानकारी गराई वित्तीय भविष्य निर्माणमा सहयोगी सल्ला सुझाव लिन समेत संस्थाले सदस्यहरुलाई आग्रह गरेको छ ।

ऋणी सदस्यहरु पनि संस्थाको मालिक (पार्ट ओनर) भएको भन्दै किसान साकोसले सदस्यको समस्यामा संस्था सहयोगी बन्न तयार रहेको जनाएको हो । आफ्नो आवश्यकता पूरा गर्न सहकारी संस्थाबाट क्षमतानुसारको ऋण सुविधा उपयोग गर्न तथा सर्त बमोजिम समयमै साँवा तथा ब्याज भुक्तान गरी असल सदस्यको पहिचान बनाउन किसान साकोसले सबैमा विशेष अनुरोध गरेको छ । 

'समृद्ध सदस्य, दिगो साकोस' को परिकल्पना बोकेको किसान साकोसमा हाल ९३ हजार ६ सय बढी सेयर सदस्य छन् भने कुल सम्पत्ति ३ अर्ब ७९ करोड बढी रहेको छ । साकोसले करिब १० हजार सदस्यलाई २ अर्ब ५३ करोड बढी ऋण लगानी गरेको छ । २३ करोड बढी संस्थागत पुँजी रहेको किसान साकोसमा हाल २६ प्रतिशत बढी तरलता छ ।

499437371_24617733961160134_5747064159049168889_n.jpg
undefined

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार