Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
७८ औँ विश्व स्वास्थ्य सम्मेलन

नेपालद्वारा आगामी वर्ष अन्तर्राष्ट्रिय जलवायु स्वास्थ्य सम्मेलनको प्रस्ताव

नेपालद्वारा आगामी वर्ष अन्तर्राष्ट्रिय जलवायु स्वास्थ्य सम्मेलनको प्रस्ताव

काठमाडौं ।  नेपालले अन्तर्राष्ट्रिय जलवायु स्वास्थ्य सम्मेलन नेपालमा गर्न प्रस्ताव गरेको छ। स्विट्जरल्यान्डको जेनेभामा सम्पन्न ७८ औँ विश्व स्वास्थ्य सम्मेलनमा सहभागिता जनाई आज काठमाडौँ फर्किएपछि विमानस्थलमा पत्रकारहरुसँग स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सम्मेलन आगामी वर्ष गर्ने प्रस्ताव गरेको जानकारी गराउनुभयो ।

मन्त्री पौडेलले जलवायु स्वास्थ्य सम्मेलनको प्रस्तावलाई विश्व स्वास्थ्य संगठनले सकारात्मक रुपमा लिएको बताउनुभयो । उहाँले सम्मेलनका क्रममा जलवायु परिवर्तनका कारण नेपाली स्वास्थ्य क्षेत्र प्रभावित भएको जानकारी गराएको समेत पत्रकारहरुलाई बताउनुभयो ।

मन्त्री पौडेलले नेपाल हिमालय क्षेत्र भएकाले मानव स्वास्थ्यमा देखिने समस्याका प्रकृति केही फरक रहेको अवस्थामा अन्तर्राष्ट्रिय जलवायु स्वास्थ्य सम्मेलन गर्ने प्रस्ताव गरेको र उक्त सम्मेलन विश्व स्वास्थ्य संगठनको समर्थनमा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले स्वास्थ्य क्षेत्रमा नेपालले गरेको सुधारका कार्यलाई अन्य राष्ट्रले सकारात्मक ढंगले बुझेको दाबी गर्नुभयो ।  पौडेलले स्वास्थ्यलाई प्रतिकुल असर गर्ने बस्तुमा कर लगाउनुपर्ने विश्व स्वास्थ्य संगठनको सुझाव आएको अवस्थामा आगामी बजेटमा समेत उक्त वस्तुहरुमा अधिक कर लगाउनुपर्ने प्रस्ताव अर्थ मन्त्रालयमा गरेको समेत जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार