Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
राष्ट्रिय मानवअधिकार आयोगको गम्भीर ध्यानाकर्षण

उत्तेजक अभिव्यक्ति नदिन प्रधानमन्त्री ओलीलाई राष्ट्रिय मानवअधिकार आयोगको आग्रह

उत्तेजक अभिव्यक्ति नदिन प्रधानमन्त्री ओलीलाई राष्ट्रिय मानवअधिकार आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले उत्तेजक अभिव्यक्ति नदिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको छ ।  आयोगले आज विज्ञप्ति जारी गरी जेठ १५ गतेबाट राजतन्त्रवादीहरुले गर्न लागेको आन्दोलनका सम्बन्धमा हालै दिनुभएको अभिव्यक्ति विधिको शासन विपरित भएको भन्दै आफ्नो प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगको विज्ञप्तिमा भनिएको छ, ‘सोही आन्दोलनको सन्दर्भलाई इङ्गित गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रममा ‘जेठ १५ गते एघार बजेदेखि दुईबजेसम्म काठमाडौँ नेकपा एमालेको नियन्त्रणमा हुनुपर्छ’ भन्ने लगायतका अभिव्यक्ति दिँदै त्यसका लागि एमाले कार्यकर्तालाई तयार रहन भनी दिएको निर्देशनपूर्ण अभिव्यक्तिप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।’

देशको शान्ति सुरक्षा र अमनचयन कायम गर्ने जिम्मेवारी सरकारका सुरक्षा निकायको हुँदाहुँदै लोकतान्त्रिक मुलुकमा कुनै पनि पार्टी विशेषबाट कुनै पनि क्षेत्र कब्जामा लिनु भनेको विधिको शासन विपरित हुनुका साथै, निषेधलाई प्रश्रय दिनु हो भन्ने आयोगको बुझाइ रहेको विज्ञप्तिमा उल्लेख छ ।

शान्तिपूर्ण तवरबाट विचार र अभिव्यक्ति राख्न नेपालको संविधान र कानूनले निषेध नगरेको भन्दै यस परिस्थितिमा अरुको विचार, अभिव्यक्ति र प्रदर्शनप्रति लक्षित गरी प्रधानमन्त्रीबाट आएको उक्त अभिव्यक्ति चिन्ताजनक भएको आयोगको ठहर छ । जुनसुकै व्यक्ति, समूह र पार्टीलाई आफ्नो विचार र अभिव्यक्तिको स्वतन्त्रता भए पनि अरुप्रति लक्षित गरी मूठभेड निम्तिन सक्ने गरी उत्तेजनापूर्ण अभिव्यक्ति आउनु मानव अधिकारका मूल्यमान्यताको समेत विपरीत हुन जाने आयोगले जनाएको छ ।

आयोगले जिम्मेवार व्यक्तिले आफ्नो अभिव्यक्ति दिँदा संयमित हुन आग्रह समेत गरेको छ ।

आगामी जेठ १५ गतेबाट राजतन्त्रसमर्थक संयुक्त जनआन्दोलन समितिले काठमाडौँमा जनआन्दोलन गर्न लागेको र सोको अनुगमन समेत गरिदिन अनुरोध गर्दै आयोगमा जानकारीपत्र प्राप्त भएको आयोगले जनाएको छ ।

499786543_3581537305481455_1221657200766279025_n.jpg
undefined

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार