Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

आउँदो विश्व वातावरण दिवसदेखि कांग्रेसका कार्यालयहरू प्लास्टिकरहित हुने

आउँदो विश्व वातावरण दिवसदेखि कांग्रेसका कार्यालयहरू प्लास्टिकरहित हुने

काठमाडौं। नेपाली कांग्रेसले आफ्ना कार्यालयहरू प्लास्टिकरहित क्षेत्र हुने घोषणा गरेको छ । सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रदेखि वडा तहसम्मका कार्यालय प्लास्टिकमुक्त क्षेत्र हुने घोषणा गर्नुभएको हो ।

आउँदो विश्व वातावरण दिवस जुन ५ (२०८२ जेठ २२ गते बिहीबार) देखि लागु हुने गरी कार्यालयहरू प्लास्टिकमुक्त हुने देउवाले आइतबार घोषणा गर्नुभएको हो ।

पार्टीको वातावरण विभागले गरेको कार्यक्रममा सभापति देउवाले केन्द्रीय, संघीय र प्रदेशका संसदीय दलको कार्यालय, प्रदेश, जिल्ला, प्रतिनिधि सभा क्षेत्र, प्रदेश सभा क्षेत्र, स्थानीय तह,सबै वडा, भ्रातृ एवं शुभेच्छुक संस्था र विदेश स्थित नेपाली जनसम्पर्क समितिका कार्यालयहरूमा प्लास्टिकरहित क्षेत्र बनाउने जानकारी गराउनुभयो । सभापति देउवाले वातावरणीय प्रदूषण न्यूनीकरण गर्दै लगिने पार्टीको नीति रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार