Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
एएफसी एसियन कप छनोट

हङकङको सामना गर्दै नेपाल

हङकङको सामना गर्दै नेपाल

काठमाडौँ- नेपाली फुटबल टोलीले आज हङकङसँग मैत्रीपुर्ण प्रतिस्पर्धा गर्दैछ । उक्त खेल हङकङ सो कोनपोस्थित हङकङ नेसनल स्टेडियममा नेपाली समय अनुसार साँझ  पौने ६ बजे सुरु हुनेछ ।

आज हङकङविरुद्धको हुने मैत्रीपूर्ण खेल र त्यस पछि लाओसविरुद्धको एएफसी एसियन कप २०२७ छनोट खेलका लागि प्रतिस्पर्धा हुनेछ । नेपालले जुन १० मा लाओससँग छनोट खेल खेल्नेछ ।

राष्ट्रिय टोली गत मंगलबार हङकङ गएको छ भने सो मैत्रीपूर्ण खेलपछि लाओस जानेछ।

राष्ट्रिय पुरुष टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सो प्रतिस्पर्धाका लागि नेपाली टोलीको घोषणा यसअघि नै गरिसकेका छन् । 

नेपाली टोलीका सदस्यहरु
अभिषेक लिम्बु, अनन्त तामाङ, अञ्जन विष्ट, अरिक विष्ट, आयुष घलान, विमल पाण्डे, विशाल सुनार, दीप कार्की,  गिलेस्प्ये जंग कार्की, किरण चेम्जोङ, कृतिश रत्न छिन्जु, कुशल देउवा, मनिश कुमार, मनिष कुमार, लिम्बु, लकेन लिम्बु, रोहन कार्की, सनिश श्रेष्ठ, सृजनराज गौतम, सुमन श्रेष्ठ, सुमित श्रेष्ठ, सुवास ठकुरी बम, योगेश गुरुङ

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार