Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

बंगलादेशमा व्यावसायिक तवरमा विद्युत निर्यात सुरु

बंगलादेशमा व्यावसायिक तवरमा विद्युत निर्यात सुरु

काठमाडौं । नेपालले आज (असार १) गतेबाट बंगलादेशमा व्यावसायिक रुपमा पहिलो पटक विद्युत निर्यात सुरु गरेको छ । आज आइतबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले उक्त जानकारी गराएको हो । 

सोही क्रममा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले तेस्रो मुलुकमा विद्युत निर्यात गरिरहेको यो पहिलो पटक भएका कारण खुशी भएको बताउनुभयो । 

उहाँले गएराति १२ बजेपश्चात फेरि ४० मेगावाट विद्युत बंगलादेशलाई निर्यात गरेको बताउँदै यो पाँच महिना रहने बताउनुभयो । यसबाट २५ करोड महिनाको आयको रुपमा प्राप्त गर्ने भन्दै मन्त्री खड्काले एउटा आयोजनामा लाखौ मान्छेले प्रत्यक्ष रोजगारी दिने र खर्बौको राजस्व उठाउने भन्दै आन्तरिक खपतसँगै निर्यात गर्ने लक्ष्यका साथ काम गरिरहेको जानकारी गराउनुभयो ।

यस्तै, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले हरेक वर्ष खपत वृद्धि करिब ८ देखि १२ प्रतिशतले भएको भन्दै अहिले भएको सिस्टमले यो लोडलाई थाम्न नसक्ने बताउनुभयो । 

उहाँले भन्नुभयो,  ‘हाम्रो खपत वृद्धि हरेक वर्ष करिब ८ देखि १२ प्रतिशत छ । यो वृद्धि भएसँगै प्रशारण र वितरण लाइन पनि त्यही हिसाबले सदृढ हुनुपर्ने कुरा स्पष्टै छ । त्यो हुन सकेन भने समस्याहरु आउन सक्छ । अहिले भएको सिस्टमले हालको लोडलाई थाम्न सक्दैन् । यसलाई सुधार गर्नुपर्छ ।’

मन्त्रालयले उर्जा विकास मार्गचित्र सार्वजनिक गरि आगामी १० बर्षभित्र सन् २०३५ सम्ममा २८,५०० मेगावाट विद्युत उत्पादन गरि भारतमा दश हजार मेगावाट र बंगलादेशमा पाँच हजार मेगावाट गरि १५ हजार मेगावाट भन्दा बढी विद्युत निर्यात गर्ने सम्झौता भइसकेको पनि जानकारी गराएको छ । 

जून १५ देखि नोभेम्वर १५, २०२५ सम्म ५ महिना नियमित विद्युत बंगलादेश विक्री गरिनेछ । पाँच महिनाको अवधिमा १४ करोड ६८ लाख ८० हजार युनिट विद्युत निर्यात हुनेछ । उक्त विद्युत विक्रिवापत नेपाल सरकारले पाँच महिनामा ९४ लाख अमेरिकी डलर अर्थात् रु एक अर्ब २९ करोड नेपाली रुपैंया आम्दानी गर्नेछ ।

नेपालमा उत्पादित विद्युत ४०० केभी प्रसारण लाइन ढल्केबर–मुजफ्फरपुर, मुजफ्फरपुर– वेहरामपुर हुदै भेडामारा (बंगलादेश) सम्म निर्यात भइरहेको छ । त्रिशुली जलविद्युत आयोजनाबाट उत्पादित १८.६० मेगावाट र चिलिमे जलविद्युत आयोजनाबाट उत्पादित २१.४० मेगावाट गरि ४० मेगावाट विद्युत बंगलादेश निर्यात भैइरहेको छ । विद्युत प्राधिकरणले प्रतियुनिट ६.४० अमेरिकी सेन्ट पाउने गरि विक्री गर्ने सम्झौता भएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार