काठमाडौं । इजरायल र इरानबीच बढ्दो युद्धका बाबजूद दुई मुलुकमा रहेका नेपालीहरू सुरक्षित रहेको नेपाल सरकारले जनाएको छ । परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै इरानमा रहेका १२ जना नेपाली सबै सुरक्षित रहेको जनाएको छ । मन्त्रालयले कुनै समस्या भए सम्पर्कका लागि इरान हेर्ने कतारको दोहास्थित नेपाली राजदूतावासका नियोग उपप्रमुख कुमार राईको नम्बर उपलब्ध गराएको छ ।
परराष्ट्रले इजरायलमा ५ हजार ५ सय नेपाली रहेको र उनीहरू सबै सुरक्षित रहेको बताएको छ । इजरायलमा रहेका नेपालीहरूलाई तेलअभिभस्थित नेपाली दूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ । यसअघि तेलअभिभस्थित नेपाली दूतावासले एक एडभाइजरी जारी गर्दै सुरक्षा मापदण्ड अपनाउन आग्रह गरेको थियो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com