काठमाडौं । मितेरी सहकारीको रकम अपचलन गरी फरार रहेका ज्योतिबहादुर भण्डारीलाई कम्बोडियाबाट गएराती नेपाल ल्याइएको छ। सहकारीको रकम अपचलनको सिलसिलामा इन्टरपोलको सहायतामा कम्बोडियामा पक्राउ परेका उनलाई गएराती १० बजेतिर नेपाल ल्याइएको हो ।
भण्डारीमाथि ललितपुरको महालक्ष्मीस्थित मितेरी सेभिङ एण्ड क्रेडिट कोओपरेटिभ लिमिटेडको ३ करोड ४४ लाख र ज्योति गुरुङमाथि ६ करोडभन्दा बढी अपचलन गरेको आरोप छ। प्रहरीले ललितपुरको महालक्ष्मीस्थित मितेरी सेभिङ एण्ड क्रेडिट कोओपरेटिभ लिमिटेडको १४ करोड ८१ लाख रुपैयाँ हिनामिनामा उनको समेत संलग्नता रहेको दाबी गरेको छ।
सोही आरोपमा अनुसन्धान गर्न भण्डारीलाई नेपाल ल्याउन इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गरिएको थियो। यस्तै कांग्रेस उपसभापति धनराज गुरुङकी पत्नी ज्योति गुरुङविरुद्ध पनि नोटिस जारी भएको छ। तर उनी भने अहिलेसम्म पक्राउ परेकी छैनन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले यो मुद्दाको अनुसन्धान गरिरहेको छ। यसअघि कांग्रेस उपसभापति गुरुङसँग पनि दुई पटक सोधपुछ गरेको थियो। गुरुङले पनि मितेरी सहकारीबाट ऋण लगेको भेटिएको छ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com