काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कून) का प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले सहकारीमा दक्ष जनशक्ति अभाव हुँदा समस्या आएको बताएका छन् । हिजोको दिनमा १० लाख कारोबार गर्ने सहकारीको ब्यालेन्स सिट बढेर १ अर्ब पुगे पनि काम गर्ने कर्मचारी भने उही रहेकाले समस्या आएको उनको भनाइ छ ।
समुदायमा १ अर्ब माथी कारोबार गर्ने संस्थाको संख्या थुप्रै भएको र बचतलाई सही ढगले परिचालन गर्न सक्ने व्यवस्थापन अहिलेको आवश्यक रहेको उनले जनाए । बागमती प्रोस्कूनले आयोजना गरेको बागमती प्रदेशको सहकारीका समस्या समाधानका लागि साझा प्रयास विषयक गोष्ठीमा ‘फिट एन्ड प्रपर टेष्ट’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै सिईओ सापकोटाले बचत ऋण सहकारीमा कस्तो व्यक्ति सञ्चालक बन्न र नेतृत्व गर्न योग्य हुन्छ भनेर हेर्ने बेला आएको बताए । फिट एन्ड प्रोपर टेष्ट गरेर मात्र सहकारीको नेतृत्व लिन ÷दिन आवश्यक रहेको भन्दै उनले कसैलाई आलोचना गरेर सहकारी अभियान नबन्ने प्रष्ट पारे । उनले सहकारी क्षेत्रमा कोभिड १९ पछि समस्या बढेर गएको बताए ।
उनले शहरका सहकारीले घर जग्गा लगायतका सहज क्षेत्रमा ऋण लगानी गरकाले थप समस्या आएको बताए । सदस्यहरुले पनि हौसिएर ऋण लिई जथाभावी लगानी गरेकाले थप समस्या आएको बताए ।संस्थामा मैले भनेको के निर्णय हुन्छ र भनेर बाहिर बोलेर समस्या समाधान नहुने भन्दै सिइओ सापकोटाले मैले सहकारीको वृद्धिको लागि के गरे भनेर खोज्ने बेला आएको जनाए । ‘सामाजिक सञ्जालमा एक जनाले लेख्छन् र ८ सयले कमेन्ट गर्छन् उनले थपे,‘ अहिले यहाँ सबै फुर्सदिला छन्।’ सहकारीका सञ्चालक र कर्मचारीले आफु सहकारीमा छु भन्न लजाएको भन्दै यो कसैले औंला उठाउने क्षेत्र नभएको उनले जनाए । सहकारीलाई व्यवस्थित गर्न आफुबाट नै सुरुवात गर्नुपर्ने बेला आएको उनको भनाई छ । व्यवस्थित सहकारी सञ्चालनको लागि हामीले कति संस्थालाई ब्राण्ड दिलाउन सक्यौ,त्यसले मात्र अर्थ राख्ने उनले जनाए । फिट एण्ड प्रोपर टेष्ट गरी सबल व्यक्तिले मात्र संस्था चलाउने हो भन्ने कुरालाई स्थापित गर्न आवश्यक रहेको उनको भनाई छ । सहकारीमा कुनै कुराको सीमा नभएको भन्ने भाष्य निमार्ण भएको भन्दै उनले सदस्यको पैसा लिएको संस्थामा सञ्चालकदेखी कर्मचारीसम्म सीमामा बस्नु पर्नेमा उनको जोड छ ।
बचत ऋण सहकारी संस्थाले गुणस्तर सुनिश्चितता कायम गर्नुपर्ने भन्दै सिईओ सापकोटाले जोखिम व्यवस्थापन नगरेका संस्थाहरु जुनसुकै बेला दुर्घटनामा पर्नेे जनाए । बागमती प्रदेशमा १० हजार माथि सहकारी संस्था रहेको र ७१ सालसम्म सहकारी संस्थामा कुनै समस्या नभएको उनको भनाई छ । ५१ सालदेखी ७१ सालसम्म २१ बर्ष सहकारीमा ठुलो समस्या नआएको र त्यो समयमा संस्थाका सञ्चालकहरु सिक्न र व्यवहारमा लागू गर्न लागि परेको उनको भनाई छ । फिट एण्ड प्रोपर टेष्ट अध्यक्ष, लेखा सुपरिवेक्षण समिति र उच्च व्यवस्थापनमा काम गर्ने व्यक्तिलाई लागु हुने उनले जनाए । बैकमा भएको पैसा राख्ने र सहकारी नभए पनि अनिवार्य मासिक बचतको लागि जसरी पनि व्यवस्थापन गर्नु पर्ने भएकाले यी दुई संस्थाबीच फरक भएको उनले जनाए ।
सहकारीको लक्षित वर्गमा जान संस्थाले अल्छि गरेकाले नै समस्या आएको उनको भनाई छ । नियमित बचत संस्थाको मुटु भएको र सबै सदस्यलाई नियमित बचतमा सहभागी गराउन उनको सुझाव छ । कुल सदस्यको ४० प्रतिशत माथि ऋण लगानी गरेको संस्था राम्रो भएको उनले सुनाए । सदस्यहरुको आर्थिक सहभागितामा विना संस्था अगाडि बढाउन नसकिने भन्दै बचत र ऋणमा सदस्यहको सहभागिता बढाएर लैजान उनको सुझाव छ । सहकारीको संख्या अधिक रहेकाले धेरै मान्छे आलोचना गर्न थाले, ऐन नियम धेरै भयो,प्रविधि र जनशक्तिको अभावका साथै सदस्य केन्द्रीत हुन नसक्दा समस्या बढेर गएको उनको भनाई छ । सहकारीहरु सदस्यमा भन्दा ब्यालेन्स सिटमा केन्द्रीत भएकाले पनि अहिले समस्या आएको उनको तर्क छ ।
सहकारीमा अधिक तरलता भए पनि लगानी गर्न नसक्नु र कतिपय संस्थाको ऋण असुलीमा नहुँदा समस्या आएको उनको भनाई छ । धेरै जनलाई ऋण लगानी गर्नु भन्दा एक जनालाई ऋण लगानी गर्ने प्रवृति बढेर गएकाले पनि समस्या आएको उनले जनाए । ऋण लगानीमा बैंकसँग प्रतिस्पर्धा नगरी सुरक्षित लगानी अहिलेको आवश्यकता रहेको उनले प्रष्ट पारे । संस्थाबाट ऋण लिएर सदस्यले के गरिराखेको छ भनेर हेर्नुपर्ने र सदस्यमाझ सहकारी शिक्षा लिएर जान उनको सुझाव छ । संस्थागत र समाजमा स्वच्छ छवि बनाएको व्यक्ति सहकारी संस्थाको सञ्चालक चाहिने उनको भनाई छ । कार्यपत्र माथि बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रुद्र प्रसाद लामिछानेले टिप्पणी गरेका थिए । उनले सहकारीले उदेश्य विपरित लगानी गरेका कारण समस्या आएको बताए । सहकारीले चेक धितो लिएर ऋण लगानी गरेको भन्दै उनले सदस्यहरुले गाँस कटाएर गरेको बचतलाई जथाभावी लगानी नगर्न आग्रह छ । संस्थामा कस्ता खालका व्यक्तिले बचत जम्मा गरि राखेका छन, बचतको स्रोत के हो भन्ने जस्ता विषयमा समेत ख्याल गर्न उनको आग्रह छ । बागमती प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटाले उक्त सत्रको अध्यक्षता गरेका थिए ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com