बागलुङ, १०, आषाढ। बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङको आयोजनामा मङ्गलबार नियमन मापदण्ड तथा जोखिम व्यवस्थापन कार्यशाला गोष्ठि सम्पन्न भएको छ । सामाजिक सुरक्षा कोष पोखरा र फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि. काठमाडौंको प्राविधिक सहयोगमा सम्पन्न कार्यशालामा जिल्लाभरका ३० वटा सहकारी संस्थाका ५० जना अध्यक्ष तथा प्रवन्धकको सहभागिता रहेको थियो ।
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै संघका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले सहकारी क्षेत्र पछिल्लो समय अनेकौं चुनौतीसँग जुधिरहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “सहकारी आन्दोलनको साख जोगाउन हामी सबैले जिम्मेवारीपूर्वक अगाडि बढ्नु आवश्यक छ । नियमनकारी निकायबाट जारी मापदण्ड र कानुनी व्यवस्था कार्यान्वयन गर्नु हाम्रो दायित्व भएको बताउदै पौडेलले जोखिमको पहिचान, मूल्यांकन र व्यवस्थापनका उपायहरू अवलम्बन नगरी सहकारी क्षेत्रको दीर्घकालीन स्थायित्व सम्भव नभएको समेत उल्लेख गर्नुभयो ।
उहाँले सहकारी संस्थाहरूलाई पारदर्शी, जवाफदेही र सदस्यमुखी बनाउँदै लैजान कार्यशालाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । साथै, यस्तो खालको छलफल र अभ्यासले सहकारीहरूबीच आपसी सिकाइ, समन्वय र सहकार्यलाई बलियो बनाउने धारणा समेत राख्नु भएको थियो ।
कार्यक्रममा फर्स्ट माईक्रोफाईनान्स लघुवित्त वित्तीय संस्था लि. का मुख्य प्रवन्धक बाबुराम न्यौपानेले कार्यक्रमको उद्देश्य र औचित्य माथि प्रकाश पार्नुभएको थियो भने संघका सल्लाहाकार धुर्वप्रसाद शर्माले मन्तव्य राऋनु भएको थियो ।
कार्यशालामा योदानमा आधारीत सामाजिक सुरक्षा कार्यक्रम र योजना सम्वन्धमा सामाजिक सुरक्षा कोष शाखा कार्यालय पोखराका कार्यालय प्रमुख रमेश ढुङ्गेल, सहकारीमा जोखिम व्यवस्थापन र नियमाकिय मापदण्डका विषयमा फस्र्ट माईक्रोफाईनान्स लघुवित्त वित्तीय संस्था लि. का मुख्य प्रवन्धक बाबुराम न्यौपाने र अन्तिम खाता बन्दी, कर तथा अन्य समायोजन सम्वन्धमा फस्र्ट माईक्रोफाईनान्स लघुवित्त वित्तीय संस्था लि. का वरिष्ठ अधिकृत देवराज नेपालले सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रमको समापनमा सहकारी क्षेत्रभित्र साझा बुझाई र समन्वय विकास गर्नका लागि ३ सदस्यीय समिति गठन गरिएको छ । समितिमा को–अपरेटिभ म्यानेजर्स क्लब बागलुङका अध्यक्ष नवराज शर्मा, पूर्व अध्यक्ष दीपकराज भण्डारी र गाजा बचत तथा ऋण सहकारी संस्था लि.का प्रवन्धक नरेन्द्र कँडेल रहनुभएको छ । कार्यक्रमले सहकारी क्षेत्रको नियमन, पारदर्शिता र दीर्घकालीन स्थायित्वमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।
संघका अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत संघका सञ्चालक तेजबहादुर कुँवर र सञ्चालन सचिव अर्जुनप्रसाद कँडेलले गर्नुभएको थियो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com