Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
भिजिट भिसा प्रकरण

सहकारीको जस्तै मोडलमा संसदीय छानविन समिति गठन गरिनुपर्छ

सहकारीको जस्तै मोडलमा संसदीय छानविन समिति गठन गरिनुपर्छ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले भिजिट भिसा प्रकरणको छानबिन गर्नको सहकारीकै मोडल वा जाँचबुझ आयोग ऐन २०२६ अन्तर्गत बहालवाला वा पूर्वन्यायाधीशको अध्यक्षतामा समिति गठन हुनुपर्ने बताउनुभएको छ ।

संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारले बनाएको शंकरदास वैरागी नेतृत्वको छानबिन समितिलाई टालटुलेको संज्ञा दिनुभयो ।


उहाँले भन्नुभयो, ‘नीतिगत र प्रणालीगत मोडलमा ध्यान दिने हो भने सहकारीकै मोडेलमा, संसदीय छानबिन समिति गठन गर्नुपर्छ। अख्तियारले भ्रष्टाचार र लुटको विषय मात्रै हेर्ने हो। अन्य विषयमा हेर्नको लागि अख्तियार प्रवेश गर्नेवाला छैन। नीतिगत प्रणालीगत सुधारमा गहिरो काम गर्नुपर्छ ।’

उहाँले आफूहरूले यसबारे जेठ १३ गतेबाट आन्दोलन गरे पनि २५ गतेसम्म सेटिङको प्रमाण आफूहरूसँग रहेको पनि दाबी गर्नुभयो । उहाँले आफहरु संसदमा नयाँ भएपनि बेवकुफ नभएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार