Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
'प्राइभेट' भए 'पब्लिक' बनाउन अनुरोध

सामाजिक सञ्जाल 'पब्लिक' बनाउन भिसा आवेदकहरुलाई अमेरिकी दुतावासको आग्रह

सामाजिक सञ्जाल 'पब्लिक' बनाउन भिसा आवेदकहरुलाई अमेरिकी दुतावासको आग्रह

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले भिसा आवेदकहरुलाई आफ्नो सामाजिक सञ्जाल 'प्राइभेट' भए 'पब्लिक' बनाउन अनुरोध गरेको छ। 

दूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त आग्रह गरेको हो। 

‘प्रत्येक भिसा निर्णय राष्ट्रिय सुरक्षासँग सम्बन्धित निर्णय हो’, दूतावासले भनेको छ, ‘आजैदेखि प्रभावकारी रुपमा एफ, एम वा जे श्रेणीका आप्रवासी भिसाका लागि आवेदन दिने सबै व्यक्तिहरुलाई आफ्ना सबै व्यक्तिगत सामाजिक सञ्जाल खाताहरुको गोपनीयता सेटिङलाई सार्वजनिकमा परिवर्तन गर्न अनुरोध गरिन्छ।’ 

यसले पहिचान र अमेरिका प्रवेशयोग्यता पुष्टि गर्न आवश्यक जाँच प्रक्रियालाई सहज बनाउने दूतावासको दाबी छ। यसको अर्थ अबदेखि दूतावासले एफ, एम वा जे श्रेणीको भिसा प्रमाणीकरण गर्नुअघि आवेदकहरुको सामाजिक सञ्जाल गतिविधि अवलोकन गर्ने भएको हो। 

509001382_1147919790698629_546035843757510461_n.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार