Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

कागेश्वरी मनोहरा नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको भोलि उद्घाटन हुँदै

कागेश्वरी मनोहरा नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको भोलि उद्घाटन हुँदै

काठमाडौं । काठमाडौं जिल्लाको उत्तर पूर्वस्थित कागेश्वरी मनोहरा नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको भोलि एक औपचारिक कार्यक्रमबीच उद्घाटन हुँदैछ । त्यसका लागि आवश्यक तयारी करिब पूरा भैसकेको छ । कार्यवाहक प्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नगरपालिकाको नवनिर्मित भवनको उद्घाटन भोलि बिहान एक विशेष समारोहबीच गर्ने कार्यक्रम छ । सोही सिलसिलामा नगरपालिकाको भवनलाई बेहुलीझैं सिगारिएको छ ।

अत्याधुनिक भवनमा कार्यालय कक्षहरू, सभाकक्ष, सेवाग्राही प्रतीक्षालय र प्राविधिक पूर्वाधारहरू जडान गरिएका छन् । साथै, नवनिर्मित भवन अपाङ्गमैत्री छ भने डिजिटल प्रणालीको पनि प्रयोग गरिएको छ । नगरपालिकाले २०८१ साल फागुनबाट नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह गर्दै आएको छ । 

स्वच्छ सफा हराभरा कागेश्वरी मनोहरा बनाउने उद्देश्य अनुरुप नगरपालिकाले नगर प्रमुख उपेन्द्र कार्कीको नेतृत्वमा नगरबासीहरुको आकांक्षाहरु सम्बोधन गर्ने गरी द्रुत गतिमा विकास निर्माणका गतिविधिहरु सञ्चालन गर्दै आएको छ ।

511923442_1016466303903706_5975326253532124440_n.jpg
undefined

२०७१ मंसिर १६ गते नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबाट साविकको गोठाटार, मूलपान, डाँछी, भद्रवास, आलापोट र गागलफेदी गाविसहरुलाई समायोजन गरी गठन गरिएको कागेश्वरी मनोहरा नगरपालिका विविध धार्मिक, सांस्कृतिक, प्राकृतिक श्रोतहरुले वैभवशाली छ ।

९ वडाको नगरपालिकामा राष्ट्रिय जनगणना २०७८ अनुसार ३३,७६४ परिवार संख्याका १,३०,४३३ जनाको बसोबास रहेको छ ।

DSC08241_11zon.jpg
undefined
DSC08225_11zon.jpg
undefined
kageshori-manohara-building-samjhauta.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार