काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीमा बचत तथा निक्षेपको रुपमा राखिने रकमको स्रोत अनि ऋण परिचालन संशयपूर्ण रहेको बताउनुभएको छ । सहकारीमा 'डर्टी मनि' रहेको भन्ने एपीजे लगायतको प्रतिवेदनलाई आधार मान्दै मन्त्री अधिकारीले अझै पनि सहकारीको बचत तथा ऋण लगानीप्रति आशंका व्यक्त गर्नुभएको हो । नेपालका सहकारीले सहकारीको नीति, सिद्धान्त र मान्यता अनुसार नचलेकाले समस्या जटिल बनेको उहाँले बताउनुभयो ।
शनिबार अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा राष्ट्रिय सहकारी महासङ्घ नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले भन्नुभयो, “सहकारी नीति र उद्देश्य अनुसार काम गरेका छन् कि छैनन् ? सहकारीमा ठुलो रकम कसरी आयो भन्नेबारे ख्याल गर्न पर्छ कि पर्दैन रु” उहाँले प्रश्न गर्नुभयो, “सहकारीले धितो नराखी ५०र६० करोड रुपियाँ एउटै व्यक्तिलाई दिने अधिकार कहाँ छ रु” सबैको माग अनुसार सहकारीका बेथिति रोक्न सहकारी नियमन प्राधिकरण बने पनि सुरुमै विरोध हुँदा प्राधिकरण बनेको तर चाहे अनुसार काम गर्न नसकेको भने स्वीकार्नुभयो ।
उहाँले भन्नुभयो, “सहकारीलाई नियमन गर्न बनेको सहकारी नियमन प्राधिकरणले कसरी काम गर्छ, कस्तो विधि बनाउँछ भन्ने कुराको सुरुवात नहुँदै नियन्त्रण र खबरदारीको कुरा आउन थाल्यो । बिग्रेको कुरालाई नियन्त्रण नगर्ने हो भने त्यो ठिक ठाउँमा आउँदैन ।” मन्त्री अधिकारीले सहकारीमैत्री ऐन संशोधनका लागि आफू प्रतिबद्ध रहेको बताउँदै, सहकार्य र एकताको आवश्यकता औँल्याउनुभयो ।
सहकारी क्षेत्रमा देखिएका विद्यमान समस्या समाधानका लागि बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको नियमन गर्न सहकारी ऐन, २०७४ मा संशोधन गरी राष्ट्रिय सहकारी नियमन प्राधिकरणको स्थापना भएको हो ।
हरेक वर्ष जुलाई महिनाको पहिलो शनिबार मनाइने अन्तर्राष्ट्रिय सहकारी दिवसमा यस वर्ष ‘सहकारी : एक राम्रो विश्वको निर्माणका लागि समावेशी र दिगो समाधानका संवाहक’ भन्ने नाराका साथ मनाइएको हो । अन्तर्राष्ट्रिय सहकारी महासङ्घले सन् १९२३ देखि अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउन सुरु गरेको हो ।
संयुक्त राष्ट्र सङ्घले समेत समुदायको सामाजिक आर्थिक तथा सांस्कृतिक विकासमा सहकारीको महत्वपूर्ण योगदानको कदर गर्दै यसै दिनलाई सन् १९९५ देखि संयुक्त राष्ट्र सङ्घ अन्तर्राष्ट्रिय सहकारी दिवसका रूपमा मनाउन थालेको हो ।
कार्यक्रममा मन्त्रालयका सचिव केदारनाथ शर्मा, महासङ्घका सल्लाहकार केशव बडाल, दीपकप्रकाश बाँस्कोटा, खगराज अधिकारीलगायतले सहकारी व्यवस्थापनका विभिन्न आयाममा चर्चा गर्नुभएको थियो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com