Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
कृषि

प्रत्येक वर्ष मलको समस्या दोहोरिन नदिन कानुन नै निर्माण गरिने

प्रत्येक वर्ष मलको समस्या दोहोरिन नदिन कानुन नै निर्माण गरिने

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले समयमै मल र बीउ पुर्‍याउन मन्त्रालय लागिपरेको बताउनुभएको छ । 

प्रतिनिधि सभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा रासायनिक मलका विषयमा भएको छलफलका क्रममा उहाँले प्रत्येक वर्ष मलको समस्या दोहोरिने गरेकाले त्यस्तो अवस्था नल्याउनका लागि कानुन नै निर्माण गर्न लागेको जानकारी गराउनुभयो । रासायनिक मल खरिद गर्ने छुट्टै संस्था स्थापनाको आवश्यकता मन्त्री अधिकारीले औंल्याउनुभयो ।


रासायनिक मल खरिद गरेर ल्याउन २५० दिनभन्दा बढी लाग्ने भएकाले १५९ दिनमा झार्ने गरी निर्देशिका संशोधन गर्न लागिएको उहाँले बताउनुभयो । एउटा वडाको मल अर्को वडामा जान १२० दिन लाग्ने गरेकाले छिटो जाने गरी व्यवस्था गर्न लागिएको पनि उहाँले उल्लेख गर्नुभयो । तराईमा १० र पहाडमा १५ दिनमा एउटा वडाको मल अर्को वडामा जाने गरी व्यवस्था गरिने मन्त्री अधिकारीको प्रतिबद्धता छ ।

कृषि मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले जेठ १५ गतेको बजेटकै आधारमा वर्षभरलाई मल आपूर्ति गर्न नसकिने बताउनुभयो । अहिले कूल ७० हजार टन युरिया मल मौज्दात रहेको उहाँले जानकारी गराउनुभयो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार