Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

खेलाडी प्रशिक्षणका लागि सुविधासम्पन्न 'नेसनल हाइ पर्फमेन्स सेन्टर' स्थापना

खेलाडी प्रशिक्षणका लागि सुविधासम्पन्न 'नेसनल हाइ पर्फमेन्स सेन्टर' स्थापना

काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओलीले ललितपुरको सातदोवाटोस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)ले अन्तर्राष्ट्रिय खेलकुद परिसरमा निर्माण गरेको  ‘नेसनल हाइ पर्फमेन्स सेन्टर’को बिहीबार उद्घाटन गर्नुभएको छ । राखेपले खेलाडीलाई नियमित रुपमा प्रशिक्षण गर्नका लागि सुविधा सम्पन्न प्रशिक्षण स्थलको रुपमा नेसनल हाइ पर्फमेन्स सेन्टरको स्थापना गरेको हो । 

सेन्टरमा एकै पटक एक सयभन्दा बढि खेलाडीले अभ्यास गर्न सक्नेछन् । सेन्टरमा खेलकुद क्षेत्रलाई आवश्यक पर्ने अत्याधुनिक प्रविधिसहितको ३१ उपकरण राखिएको छ ।

अमेरिका, बेलायत, जर्मनी, दक्षिण कोरियालगायतका देशबाट ल्याईएको हो । उपकरणहरुमा एक्स बडी मशिन, फोर्स फ्रेम, फोर्स डेस्क, एसभीटी मशिन, ईएमजी इक्विपमेन्ट, ल्याक्टिक एसिड एनालाइजर, बीएफआर इक्विपमेन्ट, डाइनामो इक्विपमेन्ट, ह्युमन ट्र्याक इक्विपमेन्ट, भीओटु म्याक्स इक्विपमेन्ट, टाइमिङ गेट इक्विपमेन्टलगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार