काठमाडौं । मधेश प्रदेशमा खडेरीका कारण धेरै किसानले धान रोप्न नपाएपछि मर्कामा परेका कृषकहरुका लागि संघीय सरकारले विषेश कार्यक्रम ल्याउने तयारी गरेको छ । मधेश प्रदेशलाई प्रदेश सरकारले सुख्खा क्षेत्र घोषणा गरिसकेको छ भने संघीय सरकारले पनि विषेश कार्यक्रम ल्याउन लागेको कृषि मन्त्री रामनाथ अधिकारीले जानकारी दिनुभयो ।
आज विहान ११ बजेपछि बस्ने मन्त्रीपरिषद्को बैठकले मधेश प्रदेशका खडेरी पिडित कृषकहरुका लागि केही न केही निर्णय हुने उहाँले जानकारी दिनुभयो ।
उहाँले मधेश प्रदेशमा खडेरी परेकाले धेरै किसानहरुले धान रोप्न नपाएको र किसानहरु मर्कामा पर्नुका साथै अन्नको अभाव हुने भएकाले संघीय सरकारले केही विषेश कार्यक्रम ल्याउनु पर्ने प्रस्ताव आफूले राख्ने उल्लेख गर्नुभयो ।
यसैबीच, मन्त्री अधिकारीले अनुदानको मल वितरणका लागि पारदर्शी व्यवस्था बनाएको बताउनु भएको छ । कति मल छ, कहाँ कहाँ कति कति पठाइएको छ भन्ने लगायतका विवरण सबैले हेर्न मिल्ने बनाइको उहाँको भनाई छ ।
विगतमा लुकाएर वा पक्षपातपूर्ण तरिकाले मल वितरण गर्ने गरिएको र प्राथमिकतामा पर्नु पर्ने किसानहरुले नपाएर अन्याय भएकोमा अवदेखि न्ययोचित हुने व्यवस्था गरिएको मन्त्री अधिकारीले जानकारी दिनुभयो ।
उहाँले मलका लागि सरकारले छुट्याएको ९८ प्रतिशत रकम मलकै लागि खर्च गरिएको पनि स्पष्ट पार्नुभयो । “किसानले चाहे जतिको मल दिन नसकिएको पक्का हो, त्यो हाम्रो क्षमताले मात्रै हुदैन भन्ने कुरा सबैले बुझिदिनु पर्यो,” मन्त्री अधिकारीले भन्नुभयो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com