Jul 31 2026 | २०८३, साउन १५ गते

Jul 31 2026 | २०८३, साउन १५ गते

Follow us

अस्मिताको आस्था र स्नेहभाव.....

अस्मिताको आस्था र स्नेहभाव.....

काठमाडौं । संखुवासभा स्थायी घर भई काठमाडौंको मैतीदेवी बस्दै आउनुभएकी अस्मिता राई नयाँ बानेश्वरस्थित मदन भण्डारी मेमोरियल कलेजमा व्यवस्थापन संकायमा कक्षा १२ मा अध्ययनरत हुनुहुन्छ । साउनको सोमबार संखुवासभाकी अस्मिता राईसँग गोठाटारस्थित कृष्ण प्रणामी मन्दिर परिसरमा अनपेक्षित संक्षिप्त संवादको अवसर धिप्री डटकमलाई जुर्यो ।

कक्षा ८ देखि काठमाडौंमा फुपुसँग बसेर अध्ययनरत अस्मिता धार्मिक, सांस्कृतिक परम्परा र रहनसहनप्रति आस्था र गहिरो स्नेहभाव राख्नुहुन्छ । समय मिलेसम्म मन्दिर जाने र पुजा पाठ गर्ने गर्नुहुन्छ । अस्मिता भन्नुहुन्छ, 'संखुवासभाको सिलिचोङ गाउँपालिकास्थित मेरो गाउँ वरपर यस्तो मन्दिरहरु थिएन, छैनन् । मलाई मन्दिर र धार्मिक क्रियाकलापहरुप्रति रुचि लाग्छ ।'

फेरि, कृष्ण प्रणामी फुपुको गतिविधिहरुले पनि अस्मितालाई धार्मिक गतिविधिहरुप्रति थप रुचि जागृत गराउँदछ । फुपुसँग गोठाटारस्थित कृष्ण प्रमाणी मन्दिर आउनुभएकी राईले आफूहरु प्रकृति र शिवज पुजक भएको बताउनुहुन्छ । आफ्नो उमेर समुहका सचेत युवाहरुमा धार्मिक गतिविधि, परम्परा र रहनसहनप्रति बस्तारै मोहभाव बढ्दै गएको उहाँ बताउनुहुन्छ । धर्म र संस्कृतिको वैभव बुझ्नुपर्नेमा उहाँ जोड दिदै भन्नुहुन्छ, 'हामीले धर्म र संस्कृतिका सकारात्मक पाटाहरु अवलम्बन गर्दै केही असंगतिहरुलाई मिलाउँदै लानुपर्ने हुन्छ ।'

पढाइमा राम्रो गर्दै आउनुभएकी उहाँ भविष्यको योजना भने बुन्नै बाँकी रहेको धिप्री डटकमलाई बताउनुहुन्छ । अस्मिता भन्नुहुन्छ, 'खै खासै अरु कुरा सोचेकी छैन । विदेश पो जान्छु कि !' अस्मिताको संखुवासभा घरमा बुबा आमा एक भाइ र एक दाइ हुनुहुन्छ । उहाँलाई भविष्यको उज्ज्वल कामना ।

DSC00993_11zon.jpg
अस्मिता राई
DSC00997_11zon.jpg
गोठाटारस्थित कृष्ण प्रणामी मन्दिरमा भेटिनुभएकी एक आमासँग चिनापर्ची गर्दै अस्मिता
DSC01003_11zon.jpg
धिप्री डटकमसँग सम्वादमा अस्मिता
DSC00987_11zon.jpg
अनुग्रहित हुँदै अस्मिता
DSC00920_11zon.jpg
गोठाटारस्थित कृष्ण प्रणामी मन्दिर

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार