Sep 18 2026 | २०८३, असोज २ गते

Sep 18 2026 | २०८३, असोज २ गते

Follow us

‘पर्यटन नीति २०८२’ सार्वजनिक ; राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक टेवा पुग्ने दाबी

‘पर्यटन नीति २०८२’ सार्वजनिक ; राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक टेवा पुग्ने दाबी

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ पर्यटन नीति सार्वजनिक गरेको छ । मन्त्रालयले सोमबार मन्त्रालयमा आयोजित कार्यक्रमबीच पर्यटन नीति-२०८२ सार्वजनिक गरेको हो । “नेपाललाई ‘आकर्षक जीवनपर्यन्त अनुभव, सुरक्षित, भरपर्दो र दिगो गन्तव्य’ का रूपमा विकास गर्न पर्यटन नीति ल्याइएको मन्त्री बद्री पाण्डेले बताउनुभयो । यसले मुलुकको राष्ट्रिय अर्थतन्त्रमा समेत सकारात्मक टेवा पुर्‍याउने दाबी उहाँको थियो । 

पर्यटनसम्बन्धी विषय तीनै तहका सरकारको अधिकार क्षेत्रमा रहेको संवैधानिक व्यवस्था भएको सन्दर्भमा साविकको नीतिलाई परिवर्तीत शासकीय व्यवस्था अनुकूल बनाई अन्तरतह तथा अन्तरनिकाय समन्वयलाई प्रभावकारी बनाउन, गुणस्तरीय र सुविधाजनक पूर्वाधारको विकास गर्न पर्यटकीय वस्तुको विविधीकरण र विस्तार गर्न, नेपालको तुलनात्मक लाभका पर्यटकीय वस्तुहरूको प्रचारप्रसारलाई प्रभावकारी बनाउन, पर्यटकीय गतिविधिलाई दीगो, समतामूलक वातावरणमैत्री बनाउन, पर्यटन संस्कृतिको विकास र विस्तार गर्न पर्यटन क्षेत्रको विकासमार्फत रोजगारीका थप अवसर सिर्जना गर्न आन्तरिक र वैदेशिक लगानी आकर्षण गर्न पर्यटकको रुचि र पर्यटकीय प्रविधिमा आएको परिवर्तन सम्बोधन गर्नलगायतका लागि नयाँ नीति आवश्यक रहेको नीतिमा उल्लेख छ ।

नयाँ पर्यटन नीतिमा राष्ट्रिय पर्यटन परिषद्को गठन, आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनदेखि प्रचारप्रचारमा एआईको प्रयोगसम्मका योजना अगाडि सारिएको छ । नेपालमा २०३५ मा पर्यटन ऐन, पर्यटन नीति-२०५२, पर्यटन नीति-२६५ तथा नेपालको राष्ट्रिय रणनीतिक योजना (२०१६-२५) कार्यान्वयनमा आइसकेकोमा नयाँ पर्यटन नीति ल्याइएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार