काठमाडौं । एनआईसी एसिया बैंक र बूढानीलकण्ठ हेरिटेज लिमिटेडबीच व्यावसायिक सम्झौता भएको छ। बैंकका डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख बिमल लम्साल र बूढानीलकण्ठ हेरिटेज लिमिटेडका जनरल म्यानेजर मनोज कुमार थापाले व्यावसायिक सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर गरेका हुन्।
यसअनुसार बैंकका ग्राहकहरुले लेमोन ट्री प्रिमियर, बूढानीलकण्ठमा सेवा लिँदा विशेष छुट पाउनेछन्। उनीहरुले लेमोन ट्री प्रिमियरमा सेवा लिई डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।
ग्राहकहरुले उक्त होटलको आवास सेवा, खाना तथा पेयपदार्थमा १५ प्रतिशत र स्पा सेवामा २० प्रतिशतको विशेष छुट सुविधा उपभोग गर्न सक्नेछन्। यस सुविधाको उपभोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com