Sep 18 2026 | २०८३, असोज २ गते

Sep 18 2026 | २०८३, असोज २ गते

Follow us

पर्यटन विभागको ‘उत्कृष्ट कर्मचारी’ राई सम्मानित

पर्यटन विभागको ‘उत्कृष्ट कर्मचारी’ राई सम्मानित

काठमाडौं । पर्यटन विभागकी शाखा अधिकृत गुणा राई आर्थिक वर्ष २०८१र०८२ का लागि  ‘उत्कृष्ट कर्मचारी’ घोषित हुनुभएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको विभागमा साहसिक तथा पर्वतारोहण शाखामा कार्यरत राईले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक, समयमै र अनुशासित ढंगले सम्पन्न गर्दै सेवा प्रवाहमा लगनशीलता देखाएकाले सम्मानित गरेको भन्दै उहाँलाई सम्मान गरिएको विभागले जनाएको छ।

विभागले कर्मचारीलाई उत्प्रेरणा होस् र सहकर्मीहरूले यसलाई प्रेरणाका रूपमा लिउन् भन्ने उद्देश्यका साथ यस्तो अभ्यास थालनी गरिएको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार